कोमलछ तिम्रो मन,पग्ली-झर्ला 
मेरो शब्दजालमा कतै नअल्झिनु 
मनै त हो,मायाजालमा फर्किजाला 
फेरी घुम्टो उघारेर मलाई नअंगगाल्नु 
यसपाली त अझै काड़ाघारीबाट आउदैछू 
भूलचुकमा अरु धेरै बिझ्याउनु सक्छु 

मलाई आफ्नै भरोसा छैन,तिमी के भरपर्छो 
थूनीदेऊ मनको ढोका,एकछिन दुखाईमा पर्छौ 
भोली देखि युगौसम्म रुनु त पर्दैन 
उदासिएर सपना-फुलहरू माथि रात कटाउनु पर्दैन 

तिमी भाग्दा-भाग्दै त्यहि किन पर्खियौ 
जहा म ढुकी बसेथे पासोहरू बिछ्याएर 
तिमी रिसाऊदा-रिसाऊदै फेरी किन फकियौ 
म लखेटदै आएथे तिम्रो कमजोरी जानेर 

-निर्जन,माईन्ज-जर्मनी,८जुन२००९,बिहान०६:०० 


Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *