तिम्रो छातीमा एकछिन लपेटिन खोज्दैछु 
तिम्रो स्वीकृति बिना नै,अराजक हुदैछू 

नतर्कि देउ,केहि सुनिसकेर म हटिहाल्छु
बन्द ति निस्सासिँदो मन-वेग सुन्नु नै छ 
आखामा झार्ने मानेनौ त,…..
अधरमा कहिल्यै सुकाएनौ,….
यसरी उसको चियोगर्नु,बाध्य म बाध्यछु

तिम्रो सिमारेखा माथि एकछिन कुल्चिन्दैछु
तिम्रो स्वीकार्य बिना नै,मिचाहा हुदैछु

नलत्याई देउ,तिम्रो समिप्यता बानी परेछु 
सुसेलीको एकछेउ मात्र भएनि,छुन्नै पर्ने छ
कहिल्यै खोल्नै चाहेनौ त,…..
गीतमा पनि सुनाएनौ,….. 
कुनै ढोब नछोडूला बरु,लपेटिन म विवशछु 

तिम्रो आवेशमा आफैलाई आज मिसाउदैछु
तिम्रो रहर बिना नै,रनभुल्याउदैछु ,……………..!!!

-निर्जन ,२०जुन२०१०,ओफ्न्बाक-जर्मनी.दिनको १२:१२ बजे 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *