मेरो हत्केलामा लेपिएको सुगन्ध
तिम्रै हो कहाँ भनि हिड्छु र ?
तिमी बत्तियौ बेअर्थमा,सिमा कोरेर
थाहै पाएनौ,म त्यसैमा निसर्त रमाउदैथे

सपना फूलहरु,तिमीले नरोपेको भन्यौ
म माली कहाँ खोज्दै थिएँ र ?
तिमी झस्कियौ बेसाईतमा,छायाँमा लुकेर
बुझ्दै बुझेनौ,म फूलमा तिमी नै भेट्दैथे

जीवन गीतहरु,तिमीले नसिकाएको भन्यौ
मलाई धुन पनि देउ कहाँ भनेर ?
तिमी तर्कियौ दोसाँधमा,बेसाईनो भएर
हेर्नै मानेनौ,म तिम्रै शब्दहरुको भेट चढाउदैथे


निर्जन, ओफ्न्बाक-जर्मनी, १६ अक्टुबर २०१०, रात ११:४९

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *