फेरेर  स्वरूप  छेपारो  हिड्दैछ

देखाउदै तुजुक छेपारो हिड्दैछ l

म जाली होइन भन्दै सडकमा
छरेर  धुप  छेपारो   हिड्दैछ l

एक रत्ती पनि कसै लाई गन्दैन
परेर ठाकठुक छेपारो  हिड्दैछ l

घाम तापी मख्ख रात नै भुल्यो
लौ हेर बुज्रुक  छेपारो  हिड्दैछ l

सबले  बनाए उसैको  कहानी
तै चुप मै चुप छेपारो हिड्दैछ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *