मायालुको अदालतमा हजार गल्ती माफी छ
मलाई दुख्न तिम्लाई लाग्ने सानो चोट काफी छ

दियौ कती औँशी अनी पुर्णिमाको जूनपनि
कैयन कर्कश बोलिसङ्गै मिठा शितल धूनपनि
तिम्रा सबै गुण देखी अबगुण मलाई जाती छ
मलाई दुख्न तिम्लाई लाग्ने सानो चोट काफी छ
मायालुको अदालतमा….

भरिदियौ आँखाभरी आँशुका यि तालपनि
रह्यौ फेरी हरदम मेरै ढुक्ढुकिको चालबनि
मैले देख्ने दृष्‍यहरुमा तिम्रै तस्बिर हाबी छ
मलाई दुख्न तिम्लाई लाग्ने सानो चोट काफी छ
मायालुको अदालतमा…..
मायालुको अदालतमा हजार गल्ती माफि छ
मलाई दुख्न तिम्लाई लाग्ने सानो चोट काफी छ
मायालुको अदालतमा…..

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *