परिचय:
उमेर पुगेर वा उमेरै नपुगी लेडा र लेडीहरुमा बिपरित लिङ्गिहरुप्रति चुम्बकिय आकर्षण पैदा भइ शरिर बसमा नरहेर एकअर्कामा समर्पित हुने रोगलाई लभयू भन्दछन् । रहर लाग्दो बेलामा जिउले माग्दो काम गर्नु स्वभाविक भए पनि बेला नपुगी यसले खेला देखाउने भएकाले यो रोग बर्डयू, स्वाइनयू भन्दा पनि डर लाग्दो रोग हो । यस रोगका अघि टिबि, क्यान्सर र एड्स सामान्य भइसके किन भने यो रोगले नौ बर्षे कलिलो उमेरदेखि पचहत्तर–असी बर्षे बृद्धवालकहरुसम्मलाई गा“जेको पाइन्छ । मधुमेय, प्रेसर र ड“डल्नु दुख्ने रोगले ढल्क“दो उमेर खेदे पनि यो रोगले उमेर, जात, धर्म केही पनि हेर्दैन । यसउसले यो रोग उपचार गरि साध्य नहुने रोग हो भन्ने ठोक्टरहरुको दावी छ । करोडपतिलाई रोडपति र साधुलाई चोर बनाउने यो रोग झा“जरकोटे झाडापखाला भन्दा छिटो फैलने एउटा संसारकै खतरनाक सरुवा रोग हो । यो रोग एक ब्यक्तिबाट अर्को ब्यक्तिमा यति छिटो सर्छ कि कुरै नगरौ“ । अरु रोग लाग्दा रोगी उपचार अभाव वा असम्भव भयो भने मर्ने गर्दछ भने यो रोग लागेपछि बहुलाउने, धताउने, एकोहोरो हुने, पागल हुने, मार्ने र मर्नेसम्मको हदमा पुग्ने गर्दछ । विषेशगरि ‘टिन एज’ का लेडालेडीमा मास हिस्टेरिया जस्तै धुरन्धार जरा गाडेर बस्ने भएकाले यो रोगलाई संसारबाटै निर्मुल पार्न असम्भवप्रायः भएको हो ।
लक्षण
यो रोग लागेका मान्छेमा तल उल्लेखित लक्षणहरु देखिन्छन् । यि लक्षणहरु देखिने बितिक्कै लगनगा“ठो कसीदिन बेर लाइयो भने त“पाईको नाक समाजमा खेर जान सक्छ । यो रोग लागेको शंका लागे तुरुन्त जन्त लाने वा ल्याउने काम गरिएन भने तिनका बाबुआमाको छरछिमेकमा नाम नरहने कुरालाई नकार्न सकि“दैन । लक्षणहरुलाई बु“दागत रुपमा लेखेको छु ।
१ एकाएक छोराछोरीले बुवाआमास“ग ‘कम्युनिकेशन ग्याप’ गरेको देखिएमा ।
२ ‘क्यु“की सास भि कभी बहु थी’ जस्ता हिन्दी भारावाहिक टेलिभिजन सिरियल सिरियस भएर भातपानी बिर्सिने गरि हेरेको देखिएमा ।
३ एक्लै टोलाएर वा साथीसंगी बोलाएर चिउ“डामा हात राखी वियोगान्त गीतहरु नन्स्टप सुनेको पाइएमा ।
४ घरैमा बसेर डिभिडिमा वा शहरका ठूला घरमा गएर फेरिएपिच्छेका बोलचित्र हेर्नमा तपाई“को कमाइको केही अंश स्वाहा पारेको देखिएमा ।
५ किताब वा कापीका भित्रि पानामा मयुरका पंख, गुलाबका सुकेका फूल र विभिन्न पोस्टकार्डहरु चेपिएको भेटिएमा ।
६ इन्टरनेटमा लगातार घण्टौ“ झोक्राएर घोत्लिएको, फेसबुकमा चमेरे शैलीमा झुण्डिएको र च्याटमा अनिदो बसेको देखिएमा ।
७ घरमा कसैले बोलाउ“दा झर्किएर बोल्ने र तर्किएर हि“ड्ने गरेको पाइएमा ।
८ मोवाइलमा नया“नया“ नम्बरहरुबाट कल, मिसकल वा ब्लफ कलको ओइरो लागेको र नया“नया“ नम्बरहरुमा कल, मिसकल वा ब्लफ कल गर्दै गरेको भेटिएमा वा कामोत्तेजक म्यासेजको पहिरो लागेको देखेमा ।
९ भुल्भुलेमा बगेको पानी जस्तै चुल्बुले बानी हुने नानीहरुमा एक्कासी गम्भिरता, शरमपना र नरमपना देखिएमा ।
१० बा“सझा¨का फेदमा, नदि वा खोलाका किनारमा, शहरका खाजे होटलदेखि लिएर तारे होटलसम्ममा र स्कुल कलेज पछाडिका चौरमा लेडालेडीलाई एकअर्कास“ग गुनगुनाइ रहेको र ढुनमुनाइरहेको भेटिएमा ।
११ रेडियो, टेलिभिजनका अनुरोध गर्ने खालका कार्यक्रममा बिपरित लि¨ीलाई गीत फर्माइस् गरेको वा सम्झिएको सुने÷देखेमा ।
१२ लेटरप्याड वा कापीका पानामा रातो रंग वा रगतले लभ लेटर लेखिएको भेटिएमा ।
१३ दिनदिनै नया“नया“ र मह¨ा मह¨ा जिन्सी सामान र हात्ती अंकित नोटहरु छोराछोरीका साथमा वा हातमा भेटिएमा ।
१४ सिरानमूनी वा कोर्सका किताबका चेपमा रसरंग जस्ता पत्रिका, आगो र कामसुत्र जस्ता किताब भेटिएमा । आदि ।
सर्ने तरिका
यो रोग निम्न लिखित तरिकाबाट सर्ने गर्दछ ।
१ साथीसंगीका माध्यमबाट– साथीसंगीका देखासिखीमा लागेर हि“डेमा यो रोग सर्ने गर्दछ । ‘त्यसको त ब्वाइफ्रेण्ड वा गलफ्रेण्ड छ मेरो चै“ किन नहुन’ु भन्ने भावले यो रोग सर्नमा अहम् भूमिका खेलेको पाइन्छ । ‘यस्तो हुन्छ उस्तो हुन्छ यो विना त जीवन पनि निस्तो हुन्छ’ भनेर साथीसंगीले हाउ लाइदिएपछि तिनका मुटुमा घाउ लाग्न सुरु हुन्छ र यो घाउ बढेर जानाले रोगीले आफुसहित आमा र बाउ बिर्सिने क्रम सुरु भइहाल्छ ।
२ रेडियो, टेलिभिजन, मोवाइल, इन्टरनेट, पत्रपत्रिका र बोलचित्रबाट– यो रोग यि माध्यमहरुबाट परालमा लागेको आगो झै“ फैलने गर्दछ । रेडियोमा लेडाको बोली सुनेर लेडी र लेडीको बोली सुनेर लेडा मख्ख पर्दै छक्क परेबाट यो रोगका जिवाणुको शरिरमा प्रवेश गरेको स्पष्ट हुन्छ । टेलिभिजनमा लेडाले लेडी र लेडीले लेडालाई देख्दा बेस्सरी कराउनु र होषसम्म हराउनुबाट यो रोगले भोक तिर्खा मास्ने गरि जगडेको प्रष्ट हुन्छ । रङ नम्बर होस् वा राइट नम्बर होस्, मिस कल होस् वा सरकल होस्, सर्ट म्यासेज हुन् वा लङ म्यासेज हुन् यि सवैबाट यो रोग उल्का झरेजति छिटो सर्ने गर्दछ । इन्टरनेटमा बा¨ा मान्छेका ना¨ा फोटा, भिडियो र अडियो सुने पछि यो रोगका जिवाणु रोगीको रगतस“गै सञ्चार हुन्छन् र एकैचोटी तन, मन र दिमाखमा डेरा जमाउ“छन् । रसरंग, प्रेमको डायरी, आगो जस्ता थुप्रै पत्रपत्रिका र उपन्यासहरुबाट यो रोग मरुभूमिमा वालुवा झै“ फैलने गर्दछ । बोलचित्रमा देखाइने म्वाई खाएका दृश्यबाट र पि“डुला, तिघ्रा र अन्य मैले यहा“ लेख्न नमिल्ने शरिरका मांसपिण्डहरु हेरेर र देखेर, हेर्ने र देख्नेलाई यो रोगले ढुंगालाई पिपलले बेरे जस्तै बेरिहाल्छ ।  फलस्वरुप रोगीका शरिरमा कहिल्यै नदेखिने माथि उल्लेखित लक्षण देखा पर्छन् । आदि इत्यादिबाट यो रोग सर्ने गर्दछ ।
उपचार
बेलैमा आना नानीहरुलाई माथि उल्लेखित सर्ने तरिकाहरुबाट जोगाउन सक्नु नै असलीमा लभयूको निधान हो । तर यो रोग लागी सकेपछि उपचार गर्छु भनेर नसोचे हुन्छ । लाग्न नदिनु धेरै उत्तम भए पनि लागी सके पछि रोकथाम गर्न समेत नसकिने भएकाले नै यो रोगलाई संसारकै महामारीका रुपमा हेरिन्छ । तेसो त फेब्रुवरी १४ तारिकमा मनाइने ‘भालेटायम डे’ ले यो रोगलाई विश्वब्यापी बनाउन अहम् भूमिका खेलेकाले पनि उपचार असम्भव देखिएको हो ।
निष्कर्ष
यो रोगले सताएकालाई निको पार्नु भो भने तपाई“ संसारकै नामी÷लमी ठोक्टर हुनुहुनेछ । यसबिषयमा पिएचडि प्राप्त गर्ने ठोक्टरको संख्या न्युन रहेकाले ठोक्टर बन्न चाहने विद्धार्थीलाई यो बिषयलाई लिएर पढ्न अनुरोध गर्छु र यो बिषयमा पढेका ठोक्टरको रोजगारीको वारेण्टी, ग्यारेण्टी मैले नै गरेको यसै लेख मार्फत्  जानकारी गराउ“दै इच्छुकलाई तलको इमेल ठेगानामा सम्पर्क गर्न हार्दिक अनुरोध गर्छु । जय होस् ?


charcheet_dhungel@yahoo.com

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *