सपना देख्छु जरुर
तर सपनामै हराउँदिन
देख्नुहराउनुदुइका गड्तिरमा
म भित्रको “म”   
हरदम चनाखो पहरा दिइरहेको हुन्छ


उडनतस्तरिको सपना नदेख्नु  र नदेखाउनु!
मलाई धर्तिको चौडा छातीमा
हिलाम्य हुन मञ्जुर छ
धुलाम्य हुन मञ्जुर छ
यहिँका दर्शिन ढुङ्गामा
दर्फरिँदै रक्ताम्य हुन  मञ्जुर छ
तर,
कृपास्वरुपका पुष्पार्पणबाट
निलाम्य  हुनुछैन ….
  
सपना देख्छु जरुर
तर सपनामा बग्ने गर्दिन
देख्नुबग्नुका भुल्काभुल्की नियाल्दै
म भित्रको “म”  हरदम किनारा पच्छ्याइरहेकोहुन्छ
कल्पनाको  डुङ्गा खियाउँदै
स्वप्निल शयरको आश नगर्नु र नगराउनु 
मलाई छेउभित्ताका
चट्टानसँग बज्रन  मञ्जुर छ
खोंच र गल्छेडो हुँदै अनन्त पछ्याउन मञ्जुर छ
तर,
लालसाको त्यान्द्रोमा झुण्डिएर
मझधारमा बिलिन हुनुछैन…
सपना देख्छु जरुर
तर सपनाकै महल बनाउँदिन
सपनातित बिलास
र भोगाइका   सत्य बिच
म भित्रको  “म” हरदम  जागै रहेको हुन्छ
ननीदाइकन  चिरनीन्द्राको ढोँग नगर्नु रगर्न नभन्नु!
आँखा च्यातेरै
हृदयबिदारक  दृष्‍य हेर्न मञ्जुर छ
कान खोलेरै 
करुण चित्कार  सुन्ने धैर्य छ
तरअनुग्रहकामल्हमपट्टीमा
एउटैचोट पुर्नुछैन…
रहर गर्छु जरुर
तर रहरका बजारमा बिक्ने गर्दिन
पराधिनताको ओतमुनी
मेरा बेदना कहिल्यै नामेट हुन्नन्
यि त आफ्नै पटाङ्गीनिमा
यसै  चन्द्रज्योत्सनाले पखालिन्छन्
जहाँ आमाको दुधको मुण्टो
बाबाको कर्मठ पाखुरीको  सम्झना अझै ताजैछ
जसको मोलमोलाई
समयको हाटबजारमा  परिस्थितीको चपेटा सँग
कहिल्यै हुनैसक्दैन..
सपना देख्छु  जरुर
तर..
सपनाकै सामलतुमलका खातिर
रगतको सौदा गर्दिन
सपना देख्छु जरुर  …
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *