हरि मानन्धर “विवश”

धैर्यता र सहासका बाँध अझै बलियो छ
सुख छाडी दुःख थाप्ने काँध अझै बलियो छ

बाढी पहिरो हुरी बतास्, केहि होइन संघर्षमा
भत्किदैन हिम्मत कैले साँध अझै बलियो छ

पीर लिई गल्ने छैनन् आत्मबल कहिले पनि
जिन्दगीमा विस्वासको खाँद अझै बलियो छ

जति छेक्छौ उज्यालो त्यो, छेकिदैन तिम्रो करले
अँध्यारोलाई पन्छाउने चाँद अझै बलियो छ

विवश पो किन बन्छु, दिन विते के भयो र !
कर्म गर्ने दिन भन्दा साँझ अझै बलियो छ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *