हर्के काका बिरे दाई अचेल के गर्दै होलान
साइली माइली पधेरा मा पानि भर्दै होलान l

उस्तै होला मेरो घर उस्तै होला बनपाखा
भारि बोकी भरिया दाई मधेस तिर झर्दै होलान l

गाउबेसी साथी भाई परदेश मा सम्झन्छु म
धान थन्काई गहु मकै खेत मा बा छर्दै होलान l

गरिबी को पर्खाल तोड्न मुग्लान आए म त
घरबारी गाइ भैसी साहुको मा पर्दै होलान l

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *