हेर
मैले तिमीलाइ भनिरहेकै छु….
अब
यो भन्दा बढि/धेरै घमण्ड नगर
घमण्ड पाखण्डी हो,
घमण्ड अधोगति हो
यसैले मानिसला
कहिले उचाल्छ….
कहिले पछार्छ

उचाल्दा कम
अनि थेचार्दा बढि
जिन्दगी नै डुब्ने
महासागरमा चुर्लुम्म पार्छ
न तिमी उठ्न सक्छ..
न मैल उठाउन सक्छु
त्यसैले भनिरहेको छु
तिमी यो भन्दा पाखण्डी बन्दै नबन ।
मैले
तिमीला भनिरहेकै छु
समयला चिन
समय सार हो
समय उपहार हो
समय नै संहार पनि हो ।
समयले बगाउँछ
समयले उराल्छ
समयले राल्छ
त्यसैले
मैले तिमीला दिएको स्वकिय दर्शन
लोभ/क्षोभ मुक्त स्वतन्त्र वाकतन्त्र
सामानन्तर चेतना
प्रयोगधर्मी नश्लहरू हुन्
यसैमा
तिमी लक्ष्य फेला पार्न सक्छ
र बीचमै अल्मलिन पनि
त्यसैले समयको चेतना
अन्तर्हृदयबाट प्रस्फूटन गराउ
अनि अघि बढ
तिम्रो आफ्नै अस्तित्व जोगाउन,
त्यसैले भनिरहेको छु
तिमी यो भन्दा स्वार्थी बन्दै नबन ।
मैले
तिमीलाई भनिरहेकै छु
दुरदर्शी परिकल्पनामा लागव लगाउ
मानव चेतबाट उत्सर्जन हुने
बाह्य अनुभूतहरूले मात्र
सिङ्गो जिन्दगीको
चेतना/दर्शन बोक्न सक्दैन,
त्यसैले
सबै मानव भोगाईहरूका सपनाहरू
आन्तरिक सोचका बागहरूबाट
मनोकांक्षाका निलकमलहरू
मानव ईतिहाँसका सिर्जनाहरूमा
रोप्दै/टिप्दै/सिउँरिँदै
टिप्दै/सिउँरिँदै
अमूर्त कुरूपताको बर्णनमा
प्रतिस्पर्धात्मक बनेर
हृदयबोधी ज्ञानचक्षु उघारेर
खरो उत्रन सक्नुपर्छ तिमीले
अनि
जिन्दगीको बोध हुनेछ,
र, जिन्दगीको अर्थ पाउनेछौ
त्यसैले भनिरहेकै छु
तिमी अबदेखि अदुरदर्शी बन्दै नबन ।
हो
यो एउटा अमूर्तबोधी चिन्तनको
कुरूपता नियाल्ने मेरो सोच
सँसारका हरेक मानवहरूमा
एकैचोटि शंखघोष गर्छु
तिमी अस्थिपञ्चर हौ,
जस्ले शरीरमा रूपकको काम गरेको हुन्छ
तिमी चट्टान हौ
र त सारा पृथ्वीको आकार छ,,!
ढुङ्गामा कोमलता हुन्छ भन्ने मेरो सोच
तिमीमा पनि लागू हुनै पर्छ भन्दिन
तर
तिमीले चट्टान फोरेर हेर्न सिक
मोती/हिरामोतीको खानी छ यसैमा ।
त्यसैले
म अझै भनिरहेको छु
हरेक कुरूपता भित्र सुन्दरता लुकेको हुन्छ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *