ज्वाइ“ भँन्नाले छोरी, वहिनी, भतिजि, नातिनी, भान्जी, पनातिनीको लोग्ने, पति, पोइ, श्रीमान्, बुढो, खसम भन्ने बुझिन्छ । ज्वाइ“ शब्द एउटै भए पनि ज्वाइ“हरु ३ प्रकारका हुन्छन् । आज म तिनै ज्याइ“हरुका बारेमा लेख्दैछु र तपाई“ पढ्दै हुनुहुन्छ । ¤याइ“ पार्नु भएको छ भने यो पढेपछि तपाई“ कुन ज्वाइ“ पर्नुभो छर्ल¨ हुन्छ ।
१) भलाद्मी ज्वाइ“— भलाद्मी ज्वाइ“ कस्ता हुन्छन् भने बढिमा बर्षमा १ पटक ससुरालीको आ“गन टेक्ने । समय नमिलेर वा जाने मन नभएर यस्ता ज्वाइ“हरुले कमै दर्शन दिन्छन् । यिनलाई मैले भलाद्मी ज्वाइ“ भन्ने गरेको छु । तपाई“ले जेसुकै भने पनि फरक पर्दैन । मेरा कुरा नै मान्नुपर्छ भन्ने करकाप छैन । जसले जे भने पनि तर यि ज्वाइ“हरु मेरा नजरमा भलाद्मी ज्वाइ“ हुन् । यिनलाई न सालीको ख्याल हुन्छ न ससुरालीको । हुन्छ भने निजकै ईज्जतको ख्याल हुन्छ । यिनले बुझेका हुन्छन् ससुराली कमै जानुपर्छ भन्ने । असली ज्वाइ“ यिनै हुन् र यि मात्र हुन् । ‘विवि हो तो येसी’ भने जस्तो ज्वाइ“ हुन त यस्ता π
२) लिब्रिके ज्वाइ“— यि ज्वाइ“हरु कस्ता हुन्छन् भने साह्रै नै सस्ता । लिब्रिक लिब्रिक ससुराली धाइरहने र साली छिन् भने तिस“ग प्रेमगीत गाइरहने यिनको वानी हुन्छ । महिनाका सवैजसो दिन ससुरालीमै विताउन चाहने यस्ता ज्वाइ“हरु लाजघिन पचेका र इज्जत नबचेका हुन्छन् । यस्ता ज्वाइ“हुरु यसरी ससुराली धाउ“छन् कि मानौं घर चै“ ससुराली र ससुराली चै“ घर हो झै“ । यिनलाई ससुरालीमा सत्कार कम र दुत्कार बढि मिल्छ । तर पनि यिनिहरुको नजर ससुरालीतिरै हुन्छ । ससुरालीमा साली रहुञ्जेल र सा“झविहान भरिएको थाली अघिल्तिर रहुञ्जेल यिनको वास ससुरालीमै हुन्छ । ‘ज्वाइ“ कहिले फिर्नुहुन्छ ?’ भनेर सासुससुराले नसोधेसम्म यस्ता ज्वाइ“ले पिर्नसम्म पिर्नुहुन्छ । यस्ता ज्वाइ“देखि सावधान हुनु जरुरी भैसकेको छ ।  लिब्रिक लिब्रिक ससुराली जाने भएकाले नै मैले यस्ता ज्वाइ“लाई लिब्रिके भनेको हु“ । तपाई“ जेसुकै भन्नुहोस् ।
३) घर ज्वाइ“— ससुरालीघरमा केही साल वा सदावहार रुपमा बस्ने ज्वाइ“लाई घरज्वाइ“ भनिन्छ । छोराविहिन ससुरालीमा यस्ता ज्वाइ“हरुले आश्रय पाउ“छन् । कतिपयले धनको लोभमा घरज्वाइ“ बस्ने गरेको पाइन्छ भने कतिले बाध्यताले । तर घरज्वाइ“ बस्नेको हविगत धोवीको कुकुरको झै“ भएको देख्छु म त । ‘ज्वाइ“ π पाहुनालाई पिरा दिनु त ।’ भनेर सासु वा जेठीसासुले नोकरको ब्यावहार गरेको देखेर ज्वाइ“ कहिल्यै छोरो हुदैन, छेपारा बढेर गोहोरो हुदैन भन्ने कुरो स्पष्ट हुन्छ । कति घरज्वाइ“ होलान् जसले छोराको स्थान पाएका होलान् ? यो धर्तीमा कुन ज्वाइ“ले स्वास्नीका, उस्तै परे सासुका लुगा नधोको होस् । जे होस् । घरज्वाइ“ बस्ने सयकडा पन्चानब्वे प्रतिशतको हालत भिजेको मुसो र डल्लाले थिचेको उम्रिदै गरेको मकैको टुसो जस्तै होला । सासु वा ससुरा मर्लान् र सम्पत्तिको मालिक बनु“ला भनेर यस्ता ज्वाइ“को जूनी बितेको देखेको छु । अरुको के कुरा गर्नु । मेरै कुरो गर्छु ।
नेपालमा हु“दा नभएको घरज्वाइ“ कतारमा भइएको छ । तानेको भिषामा कतार पालेको म यहा“ आइपुग्दा पो थाहा पाए“ ससुराली आएको कुरो । ससुरावाहुन यतै र सालो केटो पनि यतै भएपछि म एयरपोर्टबाट नेपालमा मन्त्रि चढ्ने पजेरोमा के चडेको थे“ म भित्रको अ“धेरो उज्यालोमा परिणत भएहाल्यो र मैले सेलिया ससुरालीको आ“गन टेकिहाले“ । केही हप्ताहरु किचनमा खाना खान वाहेक नपसी बिते । जसै कतार टेकेका दिनहरु लम्बि“दै गए र म पनि घरज्वाइ“ हु“दै गइराछु । अव त्यो दिन नजिक आउ“दैछ जव हामी सालाभेना र ससुराज्वाइ“विचका मर्यादाहरु नांगिनेछन् । त्यसो त केही महान् मान्छेहरुले अपवित्र शब्द प्रयोग गरेर हाम्रा पर्खालहरु धेरैपल्ट भत्काइ नै सके । तर पनि खुम्चिने क्रम जारी छ मेरो । चाहनालाई भा“चेर बा“च्नुको पीडावोध घरज्वाइ“ हुनेहरुलाई बढि हुन्छ सायद π म त बाध्यताले भइहाले“ । तपाई“ चै“ घरज्वाइ“ नहुनुहोला । जय होस् π

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *