– चूडामणि भट्टराई

यो आदर्श
मेरो कमजोर घर हो
यसलाई थाम्ने हुँदा
घरी निदाल भएको छु
घरी थाम भएको छु
र म घरी दलिन भएको छु |

आबास बिहीन नै सही
बरू त पाल टाँगेर नै बसौं
घरी घरी त चरैदेखि
भत्काई दिउँ झैं लाग्छ
यो घर |

यो आदर्श
मेरो बुढो लुते घोडा हो
यसमा चढेर होइन
यसलाई घचेटेर
यात्रा गर्नु पर्छ हरेक पल्ट
कहिले कहीं त लाग्छ
बिर्सिदिऊँ यो घोडा
र स्वतन्त्र पैदल निक्लिदिऊँ
मूल सडकमा |

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *