-भानु सुनुवार “तिरस्कृत”

तिमीलाई मायाँ गर्नु, भूल ठान्छौ ठान,
मन्पराई मायाँ दिनु, पाप मान्छौ मान ।

म हुँ मायाँ गर्ने मुटू, ठुलो मायाँ मान्छु,
तिमी प्यारो धरतीमा, तिम्रै छाँया बन्छु ।
मायाँ यता साथ उता, छली तान्छौ तान,
मन्पराई मायाँ दिनु, पाप मान्छौ मान ।

सागरको पानीसरि, चोखो मायाँ दिन्छु,
यो जुनीमा नभए’नि, अर्कै जुनी लिन्छु ।
आफैलाई झेल गरि, अरु छान्छौ छान,
मन्पराई मायाँ दिनु, पाप मान्छौ मान ॥

दोहा कतार ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *