पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसमा पब्लिक हेल्थ विषय अध्ययन गर्ने विद्यार्थीहरुको साझा संस्था एप्सको दोस्रो वार्षिकोत्सव तथा नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार पोखरा विश्वविद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । सोही अवसरमा अनुप के.सीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति समेत निर्वाचित भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपाल प्रसाद कँडेल, सचिवमा केशव समशेर राणा, सहसचिवमा विश्वास आचार्य तथा कोषाध्यक्षमा गोकुल पाठक निर्वाचित भएका छन् ।
दोस्रो वार्षिकोत्वको उपलक्ष्यमा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी पोखरा विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन ईश्वरचन्द्र वानियाँले समयको माग अनुसार विद्यार्थीहरुले आफुलाई तिखार्दै जानुपर्ने आवश्यकतामा जोड दिनुभयो । कार्यक्रममा पब्लिक हेल्थ प्रोगाम कोअर्डिनेटर तुलसीराम भण्डारी, पोविवि कर्मचारी संघका अध्यक्ष रजनी के.सी., संस्थाका पूर्वअध्यक्षहरु शिवराज सुनार, अजय आचार्य लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा नवनियुक्त अध्यक्षले पब्लिक हेल्थका विद्यार्थीहरुको हक हीतको लागि संस्था कटिबद्ध भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *