पोखरा÷२९ माघ
¥याण्डम रिडर्स सोसाइटी अफ् नेपालले आफ्नो छैटौं पुस्तक परिचर्चा कार्यक्रममा रोबर्ट टी. कियोसाकीको बहुचर्चित पुस्तक धनी बाबु, गरीब बाबु (रिच ड्याड, पुअर ड्याड)माथि परिचर्चा शनिबार पोखरामा गरेको छ ।
पुस्तकमाथि परिचर्चा गर्दै सोसाइटीका सहसचिव उपेन्द्रप्रसाद पौडेलले पुस्तकलाई आर्थिक उन्नतिका लागि एक प्रेरणादायी पुस्तकका रुपमा चिनाउनुभयो । उहाँले जटिल विषयवस्तुमाथि सरल ढङ्गले लेखिएको सो पुस्तक विश्वकै धेरै बिक्री हुने पुस्तकहरुमध्ये एक भएको भन्दै ‘गर्न सकिन्छ’ र ‘निडर उद्यमशीलता’ का विचारलाई बोकेको पुस्तकले आर्थिक साक्षरतामा जोड दिएको बताउनुभयो ।

कार्यक्रममा गनेस पौडेल, डा. विष्णु पौडेल, युवराज त्रिपाठी, रामजी शर्मा, डा. मानबहादुर के. सी., डा. लक्ष्मीशरण अधिकारी, कृष्ण के. सी., अमित रिजाल, रघुनाथ अधिकारी, गुणाखर सापकोटा, सरुविन्द, राजेन्द्र चापागाईं, विनोद बरालगायतले टिप्पणी गर्नुभएको थियो भने परिचर्चाकार पौडेलको परिचय सदस्य मीरा ढकालले दिनुभएको थियो ।
सो कार्यक्रममै स्रष्टा परिचयअन्तरगत तनहुँका गजलकार चन्द्रमोहन अधिकारीको परिचय दिंदै सोसाइटीका सदस्य बाबुराम शर्माले अधिकारीले तनहुँमा गजल स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उचित कदर हुन नसकेको औंल्याउनुभयो ।
सोसाइटीका उपाध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै पृस्तक छनोट समितिका संयोजक कृष्ण के. सी.ले आगामी फागुन २८ गते प्रकाश सायमीको नेपाली सङ्गीतको एक शतक पुस्तकको परिचर्चा गरिने घोषणा गर्नुभयो । सचिव गनेस पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा अध्यक्ष राजेन्द्र चापागाईं ‘आहत’ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

रुपिन्द्र प्रभावी ‘कटु’
प्रचारप्रसार संयोजक
९८४६१४६१९९

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *