गण्डकी अञ्चलस्तरीय प्रतियोगितात्मक कविता संगोष्ठी २०६७ सम्बन्धी हिमालचुली कला साहित्य प्रतिष्ठान, लमजुङको सूचना

नेपाल प्रज्ञा प्रतिष्ठान, हिमालचुली कला साहित्य प्रतिष्ठान र लक्ष्मीनारायण सामुदायिक पुस्तकालय, लमजुङको संयुक्त आयोजना तथा ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति, करापुटार, लमजुङको स्थानीय संयोजनमा महाशिवरात्री पर्वका अवसरमा निम्न मिति, स्थान र समयमा  गण्डकी अञ्चलस्तरीय प्रतियोगितात्मक कविता संगोष्ठी र लोक साँस्कृतिक कार्यक्रम, २०६७ सञ्चालन गरिने भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुनका लागि यो सूचना प्रकाशन÷प्रशारण गरिएको छ ।

कविता प्रतियोगिता हुने मितिः २०६७ फागुन १८ गते
स्थानः ईशानेश्वर महादेव मन्दिरको परिसर करापुटार, लमजुङ
समयः मध्यान्ह १२ः०० बजे
पुरस्कारः
क) प्रथमः नगद रु. ५,०००÷– र प्रमाण पत्र एकजनालाई
ख) द्वितीयः नगद रु. ३,०००÷– र प्रमाण पत्र एकजनालाई
ग) तृतीयः नगद रु. २,०००÷– र प्रमाण पत्र एकजनालाई
घ) सान्त्वनाः नगद रु. ७००÷– र प्रमाण पत्र सातजनालाई

प्रतियोगितासम्बन्धी जानकारीहरु
१) कविता बढीमा २०० शब्दसम्मको हुनुपर्नेछ ।
२) कविता आइपुग्नुपर्ने अन्तिम मितिः २०६७ फागुन १५ गते साँझ ५ः०० बजेसम्म
३) कविता निम्न उल्लेखित फ्याक्स नं., इमेल वा सम्पर्क व्यक्तिलाई बुझाउन सकिनेछ ।
फ्याक्स नं. ०६६–५२०३१५
इमेलः लअ)कगलनबदजब२जयतmबष्।िअयm, बलबलमबपबचबउगतबच२थबजयय।अयm, mभउयपजबचभ२िथबजयय।अयm

सम्पर्क व्यक्तिहरुः
क) करापुटारः रामचन्द्र शास्त्री (९७४६००३५७३), रमेशचन्द्र घिमिरे (९८४६१०१५५९), विष्णुहरि घिमिरे (९७४६०१३८०१), युवराज घिमिरे (९७४६००५९०९)
ख) लमजुङ (बेसीशहर)ः आनन्द घिमिरे (९८४६०७४२४४), मेघेन्द्र पोखरेल (९८४६०७४७४०), वेनु सुयेल (९८४६०७४१६२) र तेजनारायण अधिकारी (९८४६०९८९६३)
ग) कास्कीः ईश्वरमणि अधिकारी (९८५६०३०६००), रुपिन्द्र प्रभावी कटु (९८४६१४६१९९)
घ) तनहुँः सागर उदास (९८५६०६०४२४), अमृत सुवेदी गुराँस (९८४६२४४९७६)
ङ) गोरखाः शिव अप्रिय (९८४६०४२७४४), केशव वस्नेत (९८४६१०६०९८)
च) स्याङ्जाः चिन्तु गिरी (९८४६०४६४१९), मिलन समीर (९८४६१३६१३७)
छ) मनाङः बि.पी. लामा (९८४६१६२२०२)

४) प्रतियोगीहरुले आफ्नो सम्पर्क नं. अनिवार्य उल्लेख गर्नुहुनेछ ।
५) छनौटमा परेका कवितालाईमात्र वाचनका लागि फोनमार्फत् सम्पर्क गरिनेछ ।

कार्यक्रमस्थल बारे जानकारी
लमजुङ जिल्लाको पश्चिमी भेगमा पर्ने यो स्थान नेपालको प्रसिद्ध धार्मिक स्थल हो, यस पावनभूमिमा प्रत्येक वर्षको महाशिवरात्रीका दिन ठुलो मेला लाग्ने गर्दछ । ईशानेश्वर गा.वि.स. करापुटारस्थित यो ईशानेश्वर महादेव मन्दिरलाई सन्तानेश्वर महादेव मन्दिरका रुपमा पनि चिनिन्छ । यहाँ सन्तान प्राप्ति तथा इच्छा प्राप्तिका लागि तीसौं हजार भक्तालुहरुले रातभर जाग्राम बसी ठाडा बत्ती (रातभर उठेर बालिने बत्ती) र बसेर बत्ती बाल्ने गर्छन् । रातिमा लाग्ने मेलामध्ये यो नेपालकै ठुलो मेला मानिएको छ । विभिन्न लोक संस्कृतिका लागि प्रख्याती कमाएको यस क्षेत्र ठाडो भाकाको लागि प्रसिद्ध छ ।
यहाँ पुग्नका लागि बेसीशहरबाट भोर्लेटारहुँदै दैनिक एकवटा (भाडादर रु. २००।–, समय सरदर चार घण्टा), वेगनास तालबाट दैनिक चारवटा (भाडादर रु. ९०।–, समय सरदर अढाई घण्टा), दमौलीबाट भोर्लेटारहुँदै दैनिक चारवटा (भाडादर रु. १००।–, समय सरदर तीन घण्टा) र गिलुङबाट दैनिक दुईवटा (भाडादर रु. २००।–, समय सरदर तीन घण्टा) गाडीहरु छुट्ने गर्दछन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *