टन्न रक्सिले मातेर
उभिन्छ यहाँ कविता र कवि 
र, छाद्छ आफ्नै काव्यभरी ।
भर्खर हतारमा, नचपाई ओकलेका 
टाउको र भित्रका हाम्रा भ्रमहरु  
आपक्कमा नै किन चपाउनु ? किन निल्नु ? किन ओकल्नु ?
जिर्ण झाँजरीले थेक्दैन भने !
उसोत त्रिक्ष्ण तिम्रो कलमले के बोक्नु पर्ने हो ?
पीडाको भारी, मनको ज्वाला, रिसको पोको, देश दर्शन, दिव्य गर्जन ?
या गिदीका सबै दिग्भ्रमित कुपोषण उकुसमुकुसता ?
बलरेखा भित्र अट्दैनौ हामी ।
अनि चुम्बकीए फलामे पातामा रेखा पनि कोर्दैनौ । 
साँङ्केतीक रेखा कविता त रिमोट बस्ति हो  ।
भीरुतामा यो डगमगिन सक्दैन  । 
बहुरङग छ यस्मा 
भय छ यस्मा
ग्रामीने ग्रसित छ यो भित्र ।
मलाई झीरले उन र भन
तँ ग्रामिणे होस अनि आदिमे…इत्यादी ..इत्यादी  क्रमशः
अर्थात दलिनमा खोस्टा घुसार्दै बरु भाकल सम्झ
ताकी म समयमानै  तिम्रो मन्दिरमा पर्छिन सकुँ  ।
फुर्के बन्सो घाँसको जस्तो रौनक 
भालुको जस्तो झम्ट्याई
खुव मन पर्‍यो यो लुते कविलाई । 
**************
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *