पतझर  शिशिर  लाई  बिदा दिई
प्राकृतिक रमणीयताको शन्देश लिई,
नबदुलही झैँ सबमा पालुवा फेरी
बसन्त आयो  दशमास हेरी l (१ )मधुझैँ  रसमा  मिठास  बोकी
पूर्व,पश्चिम,उत्तर अनि दक्षिण देखि,
हेर्दैमा राम्रो  हरियाली छायो
संघारमा लौन बसन्त आयो l (२)


आकाश बाट चट्यांग गर्जीए झैँ 
रणभूमिमा गोला पड्किए झैँ,
त्रासको बादल सबैलाई छोपेर
बसन्त आयो बहार बोकेर l (३)

दरिद्रताका पीडाका कथा लाई
भुल्नै नसकिने पिरब्यथा लाई,
चुनौती स्वरूप इशलाई क्रान्ति
बसन्त आयो बोकेर शान्ति l (४)

सामन्ती सत्ता जरै देखि फाली
सबमा चेतनाको दियो बाली,
इतिहास लाई कंठस्त घोकी
बसन्त आयो सदभाब बोकी l (५)

मेची देखि महाकाली सम्म
फलझैँ मिल्नु पर्छ लटरम्म,
वैमनस्यताको सिदान्त त्यागी
बसन्त आयो समृदी भाकी l (६)


Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *