१. स्थान परिचयः

दिनमा यी माकुराहरु ढुङ्गा मुनी बस्दछन् भए समुन्द्री तटको चिसाबालुवा खोज्छन् कोही

जँगल अर्थात लेकमा रमाउछन्

कोही शहरका अमिला बोटहरुमा बस्छन्
र झर्छन कहिले काँही शहर तिर
यिनीहरुको रङ्ग हेरेर स्थान परिचय मिल्छ

२. रङ्ग, हुलीयाः
ऋतु अनुसार
यिनीहरु छेपारका जस्तो काँचुली पनि फेर्छन्
प्रायः राता, खैरा र फुस्रा हुन्छन् /

३. उच्चाईः
अन्दाजीमा अन्दाज लगाउनु पर्छ
बेला कु–बेला घट्ने बढ्ने गर्दछन्

४.आकार प्रकारः
मोटो-दुब्लो पातलोमा हुन्छन्
ससक्त आठवटा खुट्टाहरुले
थाहै नपाई हाम्रा मस्तिष्क टेकि हिड्छन

५. बानी बेहोराः
प्रायः यिनीहरुले उडेर टोक्छन्
आफ्नै सन्तानलाई मार्छन
उड्दा कहिले आफै पछारिन्छन्
कुकुर जस्तो झम्टन्छन् पछि फेरि विरालो बन्दछन्
बिषालु  र्याल  झार्छन् /

६.रोगथामः
टाढै बस्ने सकेसम्म
माकुराले टोक्या भए
यस्को इन्फेक्सनको रोगथाम
यही कविता  सम्झिनु  /

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *