काठमाडौं २२ साउन । प्रवासी नेपाली साहित्य समाजले प्रवासी प्रभात पुरस्कार २०६७ वरिष्ठ साहित्यकार गणेस रसिक र प्रवासी सम्मान २०६७ डी वी बमजनलाई प्रदान गरेको छ ।

आईतबार रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गर्दै रसिक र बमजनलाई सम्मान गरेको हो ।

नेपाली साहित्य र नेपाली प्रतिष्ठाको लागि सन् २००१ मा स्थापना गरेको वेलायत र ब्रुनाईमा क्रियाशील समाजले प्रत्येक वर्ष उत्कृष्ट एक स्रष्टा र समाजमा महत्वपूर्ण योगदान पुर्याएका एक व्यक्तिलाई छनौंट गरी प्रभात पुरस्कार प्रदान गर्दै आएको छ ।

गत ३ जुन २०११ मा सेरिया बु्रनाईमा सम्पन्न प्रवासी नेपाली साहित्य समाजको बैठकले रसिकलाई ताम्रपत्र र रु १५ हजार नगदसहित सम्मान र बमजनलाई प्रवासी सम्मान पत्र प्रदान गर्ने निर्णय गरेको थियो ।

सम्मान कार्यक्रममा प्रमुख अतिथि एनआरएनका अध्यक्ष देवमान हिराचनले विदेशमा रहेका प्रत्येक नेपालीहरुले तिमी र म हैन हामी एक हुनुपर्छ भनेर हिड्याँै भने प्रत्येक नेपालीहरुको सम्मान हुने बताए । उनले जन्मभूमी नेपाल सम्झेर कर्मभूमीमा बसेर नेपाली साहित्यको क्षेत्रमा प्रोत्साहन गर्नुहुने प्रवासी नेपाली समाजलाई धन्यवाद दिए ।

सम्मानित गणेश रसिकले भने– मलाई गरेको सम्मान मेरो पुर्खाले गरेको सम्मान सम्झेको छु ।

अग्रज साहित्यका कृष्ण धारावासीले स्रष्टाको बारेमा बोल्दै गणेश रसिक नेपाली गीत संगीत र साहित्य क्षेत्रका बहुआयामीक व्यक्तित्व भएको दावी गरे । धारावासीले गणेश रसिकको नाम नेपाली साहित्यले साहित्यले कहिल्य पनि नभूल्ने नाम भएको ठोकुवा गरे ।

पत्रकार सम्मेलनमा सभापतित्व प्रनेसासका अध्यक्ष सुरेन्द्र इङ्नाम रहनुभएको थियो भने कार्यक्रम सञ्चालकमा प्रनेसासका उपाध्यक्ष विश्वास दीप तिगेलाले गरेका थिए ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Hari sir please use your own your password now ur password is hari12345 thanks sir for your kind cooperation your name will be in editor list

Leave a Reply:

Your email address will not be published. Required fields are marked *