अनेसास बेलायत साखाले महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०२औं जन्म जयन्ती २२ तारिक अक्टुबारका शनिबारका दिन भव्यताका साथ सम्पन्न गरेको छ । कार्यक्रमलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाली राजदुतबासका प्रतिनिधी गणेश अधिकारीले नेपाली भाषा र बांमयको संबर्धन गर्ने बेलायत शाखाका श्रष्ठाहरु प्रति आभार व्यक्त गर्दै महाकवि देवकोटा नेपाली भाषा र साहित्यका शिखर पुरुष हुन भन्ने कुरामा कुनै पनि दुई मन नभएको कुरा व्यक्त गर्नु भयो ।

त्यस्तै अनेसास बेलायत शाखाको निमन्त्रणामा पल्नुभएकी विशेष अतिथि नेपाल शाखाकी उपाध्यक्ष तथा साहित्यकार लक्ष्मी उप्रेतीले महाकवि देवकोटाको काव्य मुनामदनको बारेमा गोष्ठी पत्र प्रस्तुत गर्नु भयो । उहाँले बेलायत शाखाले दिएको यो सम्मानले आपूm दोश्रो अन्तराष्ट्रि«य सम्मेलनमै छु भन्ने अनुभूति भएको कुरा व्यक्त गर्नु भयो भने यसरी सम्मान गर्ने अनेसास बेलायतका पदाधिकारीहरु प्रति कृतज्ञता व्यक्त गर्नु भयो ।

यसै गरि अनेसासकी केन्द्रिय उपाध्यक्ष एवम बेलायत शाखाकी वरिष्ठ उपाध्यक्ष जयालक्ष्मी राईले अनेसास दोश्रो सम्मेलन सफल पार्ने संपूर्ण आर्थिक सहयोग कर्ताहरु, बेलायतशाखाका संयोजकहरु लगायत नेपाल, अमेरीका क्यानडा, फ्रान्सबाट पाल्नुहुने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो । अनेसासको दोश्रो नेपाली साहित्य सम्मेलन लन्डनको नालीबेली प्रस्तत गर्नु भयो । यस अघि वाहाँले प्रमुख अतिथीलाई खादा र विशेष अतिथी दोसल्ला ओडाई सम्मान गर्नु भएको थियो ।

त्यसै गरि साहित्यकार एवं कवि गोपीकृष्ण प्रसाईंले नेपाली भाषामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको अतुलनीय योगदान जीवनी, ब्यक्तित्व,कृतित्वको बारेमा विस्तृत रुपमा प्रकास पार्नु भएको थियो । महाकवि देवकोटाका कृतिहरु विश्व साहित्यको हाराहारीमा रहेको कुरा प्रस्टयाउदै उनका जीवनका विभिन्न रोचक पक्षहरुको समेत जानकारी दिनु भयो । त्यसै गरि कवि, गजलकार डा. रुपक श्रेष्ठले देवकोटाको मुनामदनको बारेमा आफना समिक्षात्मक अवधारणाहरु प्रस्तत गर्न भयो । उहाँले झ्याउरे लयको मुनामदनलाई देवकोटाले नेपाली बांमयमा भित्र्याएको कुरा दर्साउन भयो ।

यस अघि सस्थाका सल्लाकार खगेन्द् पाठकले संपूर्ण अतिथी साहित्यकार र स्रजकहरुलाई बेलायत शाखाको तर्फबाट स्वागत मन्तव्य दिदैं डायस्पोरिक नेपाली साहित्यको अवस्थाको बारेमा आफ्ना अवधारणाहरु प्रस्तुत गर्नु भयो ।

कार्यक्रमको अर्को आर्कषण थियो, सुमल कुमार गरुङ्घको प्रकासोन्मख नियात्रा संग्रह (युरोप भ्रमणको रमाईला अनुभूतिहरु शव्दहरुमा) उपर विचार विमर्स र छलफल – आफ्नो कृतीकोबारेमा बोल्दै उहाले यूरोपका विभिन्न ठाउँहरुको बारेमा बस्तुगत र तथ्यगत कुराहरु झल्काउन कोशिश गर्नु भयो भने कृतीका बारेमा आफ्नो मन्तव्य दिदै गोपी कृष्ण प्रसाईले वाहाँको कृतीले युरोपका सात देशको विभिन्न पर्यटकिय शहरहरुको बारेमा यर्थाथ तत्थ्यहरु ऐतिहाँसिक दस्तावेजहरु र भौगोलिक अवस्थाको बारेमा बडो घतलाग्दो ढंगले व्यक्त गर्नु भएको कुरा प्रष्ट पार्नु भयो ।

अर्का समिक्षक डा.रुपक श्रेष्ठले जंगबहादुरको बेलायत भ्रमणलाई खोतल्दै सुमल कुमार गुरुडको नियात्रा निकै गहकिलो र घटना क्रमलाई सजिब ढंगले वर्णन गरेको कुरा आफले पाएको कुरा जनाउनु भयो ।

देवकोटाको जन्म जयन्तीकै अवसरमा देवयानी शर्माको गीत, देउसी भैलो र आर्षक नृत्य समेत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विभिन्न श्रष्ठाहरु द्वारा आ— आफ्नो रचनाहरु बाचन गरिएको थियो । क्रमश नारायण अधिकारी, विजय हितान, किरण थेवे, अच्यत गुरागाईं, नीलहरी घिमिरे, लय प्रसाईं, लारा , योगेश गुरुङ्घ, गोपी कृष्ण प्रसाई ,रुपक श्रेष्ठ, जया राई , लक्ष्मी उप्रेती, विनोद न्यौपाने, खगेन्द्र पाठक, आदिले कविता बाचन गर्नु भएको थियो भने, महाकवि देवकोटालाई नै केन्द्र विन्दु बनाई नारायण भट्टराई, विनोद न्यौपाने,नरेन्द्र कणेल,महेश रेग्मीले आ आफ्ना अवधारणाहरु प्रस्तुत गर्नु भयो ।

कार्यक्रमकै सेरो फेरोमा मिस युके नेपालको लागि तयार हुदै गरेका प्रस्तिसप्रधिहरुले आ आफ्ना सार गर्वभित्,वाजनदार कुराहरु समेत राखेका थिए । अनेसास बेलायत च्याप्टरका श्रष्ठाहरु र नेपालका अन्य साहित्यकारहरुका विभिन्न पुस्तकहरु विक्री र प्रर्दशनीमा राखिएका थिए ।

लन्डन कलेज अफ इनजीनियरिं एन्ड मेनेजमेण्ट विल्विचमा संचालन भएको उक्त कार्यक्रमको लागि हलको सौजन्य महेश रेग्मीले गरेका थिए ।

कार्यक्रमको संचालन संस्थाकी महासचिब लाराले बडो रोचक एवम कुसल ढंगले संचालन गर्नु भएको थियो । उहाले अस्मिता भण्डारी, विकल आर्या, प्रो. सर्य सबेदी आदीको शुभकामना मन्तब्य पनि पढेर सुनाउनु भएको थियो ।

करीव सय जनाको उपस्थिति रहेको उक्त कार्यक्रम राष्ट्रिय गानबाट सरु ग्रिएको थियो । पंडित नीलहरी घिमीरेले पवित्र गायत्री मन्त्रको उच्चारण गरि सभा हल गुंजयमान पार्नु भएको थियो, भने कार्यक्रममो समद्घाटन संयुक्त रुपमा प्रमख अतिथि र विशेष अतिथीले गर्न भएको थियो । उपस्थित संपूर्ण महानुभावहरु द्वारा देवकोटाको तस्वीरमा माल्र्यापण गर्दै पुष्प गुच्छा अर्पण गरिएको थियो । दिउँसो एक बजे देखि बेलुका सात बजे सम्म अविछिन्न रुपमा कार्यक्रम चलेको थियो ।

उक्त कार्यक्रममा खाना र जलपानको व्यवस्थापन समलकमार गरुड र राज सिटौंलाले गर्नु भएको थिया
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *