मङ्सिर २८, दोहा कतार ।

नेपाली भाषाको उत्थान नेपालीको पहिचान भन्ने मुल उत्घोषका साथ ९ डिसेम्बर दिन ४९ औं नियमित काब्यिक बाचन श्रृंखला अध्यक्ष महेन्द्र वियोगी गुरुङको अध्यक्षतामा उल्लेखनिय साहित्यकारहरुको उपस्थितिमा सम्पन्न भयो ।

नेपाली भाषा तथा साहित्य सृजनालाई संरक्षण तथा सर्बद्धन गर्दै अन्तर्राष्ट्रिय समुदायमा परिचित गराउदै साहित्यक हित र उन्नतिका लागी मोफसल बाट पनि महत्वपुर्ण योगदान पुर्‍याउन सकिन्छ भन्ने बुलदं आवाजका साथ केन्द्र बाहिर चाहे स्वदेशी कुनो होस् वा विदेशी भूमी नै किन नहोस् आफू जून ठाउँमा हुन्छौ त्यहि ठाउँमा लगनशिता सँगै निरन्तरता दिएमा साहित्यलाई जस्तो सुकै बाडी आए पनि रोक्न नस्कने कुरामा साथ दिदै स्रष्टाहरुले साहित्य प्रति आफ्ना धारणा राख्नुभयो ।

उक्त कार्यक्रममा महेद्र गुरुङ्, योगी राई हर्क जिज्ञाशु राई, उद्धद राई, रबिन खनाल, चुडामणी काफ्ले, सन्त बा बम्जान, सुमन बिराही, कान्छा फुल्लाफ मगर, पासाङ तामाङ्, विक्रम पालुवाँ, नबराज बि क लगायत अन्य उपस्थित स्रटाहरुले विभिन्न विधामा कविता, गजल, गीत, हाइकु, मुक्तक, दोहोरी बाचन गरेका थिए। साथै संस्थामा आबद्ध सदस्यहरु मध्ये केहि सदस्यहरु कतार बाट नफर्कने गरी नेपाल जानु भएकाले रित्त हुन आएका पदहरुलाई समेत पदपूर्ति गरिएको छ। जसमा सचिव बिक्रम पालुवाँ र सदस्यहरुमा सन्त बहादुर बम्जन र रबिन खनाल सहित रहेका छन्।

बिभिन्न चुनौति सँग सामना गर्दै विगत ४ वर्ष देखि निरन्तर रुपमा सक्रिय रहदै छहरिएर रहेको साहित्य एवम् साहित्यकारहरुको क्षमतालाई प्रस्फुटन गर्ने अवसर मिलाउदै आइरहेको र अगामी दिनमा समेत साहित्यकारहरु साहित्य उन्नति र हितको लागी एकजुट भएर लाग्नु पर्नेमा जोड दिदै संस्थाका अध्यक्ष महेन्द्रूवियोगी गुरुङ्ले सम्पूर्ण उपस्थित स्रष्टा लाई धन्यबाद सहित दिदै कार्यक्रम समापन गर्नभयो।

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *