अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
बल्झेछ क्यारे सुनको काँडा कलिलो खुट्टा मा
अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
आउछकि चेली भनेर आमा दोबाटो धाएकी
तिजमा पनि बिर्सेछ क्यारे गरिब माईती
सल्लाझै आमा सुसाई रहिन, सल्लाझै आमा सुसाई रहिन
एकलै कोठामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
छोरीलाई आशिष हाल्न पाईन अन्तिम कालै मा
भन्थेनी बाबाले आँशु झारी टिकाको थाली मा
त्यै आँशु टिका पठाइदिउकि, त्यै आँशु टिका पठाइदिउकि
प्रवासको पातमा अलझेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
भन्थेनी दाईले भाईटिकामा बहिनी फर्केला
क्षितिजमा जस्तै निधारमा हाम्रो इण्द्रेणी लर्केला
दिन भरि काग कराई रह्यो, दिन भरि काग कराई रह्यो
बेलको ठूटामा अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बोटमा
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar