आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे« हिमालको छायामा उभिएर
म तिमीलाई सलामी दिन्छु
तिमीलाई पनि एउटा नयाँ हिमाल मानेर । 
अहिले तिमीलाई यो चिठी लेख्न बस्दा
मेरो कोठाको मौनता
परिणत भएको छ कुनै बौद्ध विहारको शान्तिमा
जहाँ बालेको धूपबाट निस्केका धूवाँझै
बिस्तारै–बिस्तारै उठेर
मेरो अगाडि उभिइरहेछ
तिम्रो बुढो र पातालो शरीर
एउटा अस्पष्ट तर पवित्र अनुहार बोकेर । 
र मलाई अनायास याद आइरहेछ आफ्नो गाउँको
जहाँ एउटा खोला छ —‘लेते खोला’
तिमीजस्तै शान्त र दुब्लो
तर जब त्यो सानो खोलामा बाढी आउँछ 
वरिपरिका ठूल्ठूला चट्टानहरुको पनि पाइला डग्मगाउँछ
र बाढी थामिएपछि 
त्यसलाई छेक्न खोजेका घमण्डिले पहराहरुले
आफुलाई भत्केको, भास्सिएको र चोइटिएको पाउँछन्
मेरो ‘लेते खोला’ !
म ढुक्क छु 
तिम्रो बाढीले पनि मिल्क्याउनेछ
ती डालरका कात्रो बोकेर 
तिम्रो देशमाथि आइलागेका बर्बरहरुलाई । 
भूगोलको परिधिले मलाई बाँधे तापनि
राष्ट्रहरुको बीचमा सीमारेखाहरुले
मलाई तिमीसँग बेग्ल्याए तापनि
यी सबभन्दा माथि जहाँ चेतना छ 
यी सबभन्दा सच्चा जहाँ मुटुको ढुकढुकी छ 
त्यहाँ म तिमीसँग छु
र युद्धमा परेको छु 
तिम्रो प्रत्येक घरको भत्काइमा म बेघर भएको छु
तिम्रो प्रत्येक पुलको टेटाइमा म टुटेको छुतिम्रो प्रत्येक गोल–गोल मङ्गोल अनुहार भएकी 
आइमाइको बेइज्जतीमा
मैले आफ्नी पत्नी र दिदी–बहिनीहरुलाई
बाटोमा निर्वस्त्र देखेको छु
तिम्रो प्रत्येक बौद्ध–विहारको विध्वंसमा
मैले आफ्नो स्वयम्भूको ज्ञानचचक्षुमा
आँसु उर्लिएको देखेको छु
तिम्रो हनोइमाथिको बमबर्षाको छिर्का
मैले आफ्नो धराहरामाथि परेको अनुभव गरेको छु 
र बमबर्षाका रातहरु
मैले पनि जागरणका ट्रेञ्चहरुमा बिताएको छु
को सक्छ निदाउन खरबारीमा
बरिपरि मुढाहरु दन्किरहेको बेलामा !
यी सबभन्दा बर्ता
यी सबभन्दा माथि 
मैले तिम्रो प्रत्येक मृत सिपाहीबाट
बाँच्ने दर्शन सिकेको छु
जीवनको अर्थ बुझेको छु 
र तिम्रो सानो देशको ठुलो आत्माबाट
मैले आफ्नो सानो आत्माभित्र
एउटा ठूलो ज्योति सल्केको पाएको छु 
हनोइमाथिको बम
शहरमाथि होइन, मान्छेमाथि बम हो,
र मैले तथा मजस्तै
सारा मानिसहरुले ति बमहरुलाई
आफुमाथि पडकेको भन्ठानेका छौं ्
मेरो कामरेड !
मेरो हिमाल !
मेरो ‘लेले खोला’ !
विश्वास गर
मैले तिम्रो जीतको विश्वास गरेको छु
मानिस मर्छन्
जसरी डढेलोमा रुखहरु डढछन
तर मातवता कहिल्यै मर्दैन
त्यो फेरि पलाउछ
डढेलोपछि उम्रिने असङख्य च्याउहरुजस्तै । 
आशीर्वादजस्तो सिरानीमा उभिएको
माछापुच्छे«को छायामा उभिएर
प्रतिज्ञाजस्तो वरिपरि दृढ उभिएका पहाडहरुलाई
हातेमालो गरेर
म किरिया हाल्ने सामथ्र्यमा छु
जीत तिम्रो हुनेछजीत हाम्रो हुनेछ
अन्तरिक्षमा मर्ने कुकुरको शोकमा
गिर्जाघरमा रुने ढोगी मानवता
धरतीमा गरेको हत्याको पछुतोमा
आत्महत्या गर्न बाध्य हुनेछ
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *