बसन्त पूर्णिमाको त्यो रात
चन्द्रमासँगै अन्तिम स्वास लिदै गर्दा
मेरो मानसपटलले
पुराना स्मृतिहरू दोहोर्याउँछ
अनि बेचैनीले स्वासप्रस्वास रोकिन्छ
भित्रदेखि छट्पटिन्छु,
आत्तालिन्छु/ चिच्याउँछु
मेरो स्मृतिले
पृथ्वीको व्यर्थ युद्धको
आफ्नै स्वप्नील भोगाई
शरद ऋतुको भद्धा तारासँगै
मेरै अगाडि मार्चिङ गर्छ
अनि
केहि लाज छोपेर
केहि रीस बोकेर
उत्सर्जित हुदै व्यूँझन्छु..
उहि पुराना स्मृतिहरूको
नयाँ अनुहार खोज्दै ।
हरि मानन्धर “विवश”
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar