पुस २०, कोलोराडो ।
भुपेन्द्र महत,

साहित्यकार भिमनिधी तिवारीको सतबार्षिकीको शु-अवसर पारेर अनेसास. कोलोराडो चाप्टरले नियमित कबि गोस्ठी “साहित्य संगमलाई” निरन्तरता दिनुको साथै भिमनिधी तिवारीको तस्बिरमा माल्यार्पण तथा पुष्प गुच्छा चढाइ भाबपूर्ण श्रदान्जली अर्पण गरी मनाएको छ। बिभिन्न बिधामा सकृय रुपमा कलम चलाऊदै आएकी साहित्यकार आचार्य प्रभा तथा गजलकार केशब आचार्यको आथित्यमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व चाप्टरका अधक्ष्य पदम विश्वकर्माले गर्नु भएको थियो भने केन्द्रिय अधक्ष्य ज्ञानेन्द्र गदालले भिमनिधी तिवारीको बारेमा प्रकाश पार्नुको साथै वहाँको गजलसमेत बाचान गर्नु भएको थियो।

२०११ लाई बिदा दिने तथा २०१२ लाई भित्र्याउने सहयोगलाई आचार्य प्रभा, भुपेन्द्र महत र निती आचार्यले गजल र कबिताबाट शुभकामना साटेका थिए भने बिभिन्न साहित्य अनुरागीहरुले भिमनिधीका गजल पढेर बातावरणलाई साहित्यमय बनाएका थिए। बरिष्ठ गजलकार मनु ब्राजाकिको सिंगारिक गजल बाचान अर्को रमाइलो पाटो थियो भने नब स्रष्ठाको रुपमा आएका टिका पोखरेल, दिप्ति आचार्यले साहित्यिक यात्राको थालनि गर्नु भएको थियो।

त्यस्तै अनेसास. का केन्द्रिय अधक्ष्य ज्ञानेन्द्र गदाल, चाप्टरका अधक्ष्य पदम विश्वकर्मा र कपिल देब सुबेदीले पनि आफ्नो रचना बाचन गर्नुभएको थियो भने सरस्वती घिमिरे, केशब आचार्य, राजु सिटौला, शम्भु आचार्य आदिले भिमनिधी तिवारीको गजल तथा रचनाहरु सुनाउनु भएको थियो भने, दामोदर लुइटेल र निती आचार्यले आचार्य प्रभाको कबिता संग्रह ‘परदेशबाट’ कबिता सुनाउनु भएको थियो। साथै कार्यक्रममा सुर्यराज ओझा, लुना पौड्याल, शाश्वत आचार्य, सरगम गदाल, आक्रिती पौड्याल, प्रिती आचार्य, आयम लुइटेल, सरल गदाल र स्वच्छन्द सानु आचार्यको उपस्थिती थियो।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *