धन घले, होम सुनुवार
कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक आफ्नो मुलुक बाहिर रहेर पनि देशको लागि अमुल्य समय, थोपा थोपा रगत र पसिना, आफ्नो विवेक, दक्ष शक्तिको सदुपयोग गरीरहेका हुन्छन । यो सच्चा नागरिकले गर्ने राष्ट्रप्रतिको ईमान्दारीता, कर्तव्य र नाता पनि हो ।
यसको बदलामा राज्यले पनि मुल्य र मान्यताको कदर गर्र्दै सहयोग र उचित वातावरणको सृजना गरीदिनुपर्दछ । तर नेपालमा भने ठिक वितरीत काम भइरहेको कारण देश कहिल्यै माथि उठ्न सकेको छैन । नागरिकहरु हक, अधिकारमाथि दमन र श्रमशोषणको पासोमा फसेका छन । नागरिक विरुद्ध यस्ता काम गरीनु राष्ट्र र नागरिक दुबैका लागि ठुलो दुर्भाग्यको कुरा हो । यसरी राष्ट्र विगार्ने र नागरिक अधिकारमाथि वञ्चित गर्ने पण्डितहरु देशका अधिकांश नेता, शासक बुद्धिजीवि र दार्शनिक भनाउंदाहरु नै हुन भन्दा अवश्य फरक नपर्ला । कालान्तरमा यस्ता पण्डितहरुले आफ्नो नागरिकलाई दुईसय बर्षदेखि अहिलेसम्म पिडित बनाउंदै एउटा जिउंदो लासको रुपमा उभ्याइरहेका छन । बिडम्बनाको कुरा त्यहि जिउंदो लासबाट पनि मौसम अनुसार मिल्न सक्ने राहात असुल्ने होडवाजीमा ति पण्डितहरु अहिलेसम्म पछि परेका छैनन ।
यसरी दुईसय बर्षदेखि शिकार बन्दै आएका नागरिकहरु गोर्खाज (गोर्खाली) नामबाट परिचति भएको सर्वविदित नै छ । गोर्खालीहरुको शुरुवात दुई देशमात्र होइन तिन देशको स्वार्थ र सर्तमा भएको कारण पण्डितहरुले शिकारलाई अझै तड्पाउने मौका मिलाएको प्रमाण थुप्रै देखिन्छन । पिडित पक्षको गुनासो सुनिदिनेहरुका कान ह्वाङह्वाङ्ती प्वाल भइसकेभने वास्ता नगर्नेहरु आनन्दका साथ छन । तैपनि सकि नसकी, जानी नजानी आफ्नो हक र अधिकारको खोजी निरन्तर गरी नै रहेको कारण फलस्वरुप क्रमिक रुपमा केहि न्याय तथा अधिकार प्राप्त गर्दै यहांंसम्म आइपुगेका छन । अधिकार प्राप्तका गर्नका लागि गोर्खालीहरुको आवाज र आन्दोलन जारी नै रहेको छ । संघर्षका क्रममा प्राप्त भएका गोर्खालीका अधिकार पनि विभिन्न तहमा छुट्याइएका कारण सवै गोर्खाली र उनीहरुका आवाज एउटै हुन नसकेको कारण आफ्नो अधिकार प्राप्ति आकाशको फल सरह भएको छ । कतिपय अधिकार पाएकाहरुले पनि सहि सदुपयोग गर्न पाएका छैनन । यसरी गोर्खालीहरुबीचमै एकता हुन नसकेको मौका पारेर फाइदा लिने अन्य गिरोह र संस्थाहरुले माकुरी जाल बुनेको देख्न र बुझ्न सकिन्छ । थोरै भएपनि केहि अधिकार पाएपछि गोर्खालीले दोहोरो नागरिकता पाएमा राम्रो हुन्छ कि भन्ने सोंच बनाएर भुपु गोर्खालीहरु मार्फत जन्मभुमि नेपालप्रति अनुरोध गरीरहेका छन । यसरी दोहोरो नागरिकताको अवाज उठ्नासाथअन्य गैर गोर्खालीबाट यस विषयमा अन्य निकै सहयोगको ज्वरभाटाहरु छल्किएजस्तो देखियो । यसैको फलस्वरुप प्रवासी नेपाली संस्थाहरुले नागरिकताकै सवालमा बेलायतमा मात्र नभई संसारको जुन जुन कुनामा नेपाली पुगेकाछन त्यहां त्यहां निकै सक्रिय भुमिका खेलेका छन । वास्तवमा गोर्खालीले दोहोरो नागरिकता नलिएपनि कुनै असर पर्ने त होइन यद्यपी गोर्खाजलाई गैर आवासीय नागरिक भन्न पनि मिल्दैन । यदि गोर्खालीले नागरिकता नपाउने हो भने पहिला तिन बर्ष बेलायत, हङकङ, ब्रुनाइ या अरु कुनै देशमा बसेर छ महिनाको छुट्टी जाने चलनमा बिताएका गोर्खालीलाई किन त्यसबेलादेखि यसो भनिएन ? वास्तवमा गोर्खाली बाहेक जो अन्य मुलुका गएका नेपाली कोहि विद्यार्थी, बन्दकालको वनावटी पिडित, अर्काको राहदानीमा आफ्नो फोटो टांसेर अर्को देशमा छिरेका, देशको राजस्व खर्च गरेर आएका र बनावटी शरणार्थीको दाबेदार गर्ने नेपालीहरुलाई अवश्य पनि गैरआवासीय नेपाली नै भन्न रुचाउनु स्वभाविक नै हो । तर गोर्खालीहरुलाई गैर आवासीय नेपाली नभनेर दुइ देशबीचको सर्तमा रोजगारी गर्दै आएको नेपाली नै भन्नु पर्दछ, वास्तवमा गोर्खाली पनि यहि रुचाउंछ । अबैध रुपमा दोश्रो मुलुक छिरेर अधिकार प्राप्त गरेको नेपाली र गोर्खाली नेपालीलाई कहिल्यै एकै श्रेणीमा राख्न मिल्दैन । गैर आवासीय नेपाली संघ (एन आर एन) हक अधिकारका हैसियतले गोर्खालीभन्दा अग्र पंक्तिमा नभएको कारण गोर्खालीलाई सधैं हतियार बनाएर अघि बढेको प्रष्ट देखिन्छ । यहि कारण नेपालले पनि गोर्खालीलाई दिन मिल्ने अधिकार रोक्नु परेको सिधै अनुमान लगाउंदा अन्यथा नहोला । अनि गोर्खालीहरुको दुई सय बर्षदेखिको खुन र पसिनाको मोल पनि एन आर एनले शरणार्थीको रुपमा परिणत गर्न खोजे त्यसलाई हामीले कसरी बुझ्ने ? त्यसैले यस विषयमा आदीवासी जनजाती महासंघले पटक पटक खबरदारी गर्दै आएको छ । हालमा एन आर एन युकेले यहांस्थित सबै संघसंस्थाका पदाधिकारीहरुलाई सल्लाहकारमा राखि अझै आंखामा छारो हाल्न पछि परेको छैन । त्यसैले यस विषयमा सबै आदीवासी संघसंस्थाहरु, भुपु संस्थाहरु समयमा नै सजग भएर आफ्नो हक, अधिकारको सुरक्षा गर्न पछि नपरौं ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *