ऊ अश्वासनका बिटाहरू  बोकाएर

गएको ५ बर्ष भयो

ऊ अझै फर्केन ।

ऊ गाउँलेलाई

बिजुली दिन्छु भन्थ्यो

ऊ गाउँमा बिकास छर्छु भन्थ्यो

तर अझै ऊ फर्केन ।

ऊ गाउँमा छुट्टै स्वास्थ्यचौकी राख्छु भन्थ्यो

ऊ गाउँमा खानेपानी बनाउछु भन्थ्यो

किन हो यतिको दिन बित्ता पनि

ऊ अझै फर्केन।

ऊ चौरमा उभिएर घण्टौघण्टा

निरङ्कुश्ता परास्त भएको

गणतन्त्र ल्याएको

गाउले सामु रट दिन्थ्यो

सम्बिधान लेख्छु  भन्थ्यो

अझै ऊ फर्केन ।

कसैले भने-

शहरमा त ट्राफिक हुन्छ

त्यसैले ट्राफिक जाममा पारेर रोकियो

कसैले भने-शहरमा

आलिसन महल हुन्छ  उ त्यहि

महल हेरेर  भुलियो

कोहि भन्थे-शहरबाटै रातो पासपोर्ट लिएर

ऊ बिदेश गयो

कोहि भन्थे-शहरमा उसले

कन्क्रिटको घर बनायो

अब उसलाई गाउँ आउनै परेन

कारण जे होस्

सत्य हो  ऊ अझै फर्केन ।

ती सिधासाधाहरूको कुनै गल्ति थिएन

उनीहरू उसले काम गरोस भन्थे

उनीहरू उनीहरूले चाहेको जस्तो

बिधिको शासन लेखोस् भन्थे

तर उस्ले त कुनै गतिलो काम नै गरेनछ

मात्र भता खाएछ, पजेरो गुडाएछ

कुर्शीको लागि आफू आफूमै लडेर

समय बर्बाद पारेछ ।

अब गाउँलेहरूले

ऊ नफर्कनुको कारण सोध्नेछन

अब जनताहरूले

ऊनीहरूको भाबनामाथी  खेलेकोमा प्रतिशोध लिनेछन

उसलाई शहिदका सपनाहरूले सराप्नेछ

बिधवाहरूको खाली सिउदोको पीडाले पोल्नेछ

ऊ थुप्रै अस्वासनका बिटाहरू

गाउँलेलाई बोकाएर गएको ५ बर्ष भयो

अझै ऊ फर्केन ।

अस्तु ।

विवेक दुलाल क्षेत्री

दमक, झापा

हाल  : अबुधाबी ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *