साइबर प्रेम ईन्टरनेटबाट सुरुवात भएको हाम्रो सुन्दर प्रेम,चोखो माया , अनि सुनौलो संसार ।

कुरा २०१० को हो ड्युटी सकेर म कोठामा आँए निक्कै थकाई लागेको थियो । एकैछिन थकाई मारे ,फेरी मनै मानेन अनि कम्प्युटर अन गरे । त्यस पछी फेशबुकमा लग ईन गरे । एकछिन पिक्चरहरु हेरे कमेन्टहरु हेरे अनि एड रिक्वेष्टहरु हेरेर १० जना साथीहरुलाई एड गरे।सोही ग्रुपमा रहेका राजु सुब्बासंग मेरो च्याट मार्फत तुरुन्तै चिनजानको क्रम सुरु भयो।वहाँ पनि पराईभूमि अमेरिकामा रहनु हुँदो रहेछ । हाम्रो एक आपसमा राम्ररी कुराकानी भयो।एक दशक बिती सकेको रहेछ परदेश लागेको पनि । राजुको बारेमा मैले सबै थाहा पाएँ । र मेरो बारेमा पनि राजुलाई सबै बताएँ। त्यस पछी हाम्रो दिनहु जस्तै फेशबुक मार्फत च्याट हुने गर्थ्यो।यसरी हामीले एक महिनासम्म च्याटमा कुराकानी गर्यौ । बिस्तारै हाम्रो स्काईपमा भोईस कल हुन सुरु भयो।राजुको बोलीचाली मलाई असाध्यै मन पर्थ्यो | सरल र उच्च बिचारका कुरा गर्थे राजु । कहिल्यै रेला नगरी बोल्ने मिठामिठा बातहरु गर्ने ज्ञानगुनका कुराहरु साहित्य सम्बन्धी कुराहरु बढी गर्ने गर्दथे । दिनहुँ जस्तो हाम्रो कुरा हुने गर्थ्यो । एकदिन भेट भएन भने निक्कै खल्लो महसुस हुने गर्थ्यो।लगभग हामी स्काईपमा दुई महिनासम्म कुरा गर्दा पनि भिडियो कल भने हामीमा भएको थिएन । हुँदाहुँदै राजुसङ्ग भेट भएको पनि तिन महिना बित्यो । प्रत्येक दिनको भेट मिठामिठा कुराकानीले हामी बिचको सम्बन्धलाई निक्कै प्रगाढ बनाउँदै लग्यो। कताकता यो मनमा माँयाका मुनाहरु पलाउँन थाल्यो । बिस्तारै बिस्तारै हामी बिच प्रेमको दुरी नजिकिदै गयो । र प्रेम प्रस्ताब पनि भयो हामीमा । स-स्विकार दुबैमा प्रेम प्रस्ताव मन्जुरी भयो । आखिर माँया गर्नु पाप पनि त हैन नि राजु पनि कुमार केटो थियो | म पनि कुमारी थिए हामी बिच कुनै रोकावट,बाधा,अड्चन थिएन । हामी समयको वेगसङ्गै प्रेम गर्न थाल्यौ | एक आपसमा धेरै माँया गर्न थाल्यौ । अत्यान्तै मिठामिठा माँयाका कुरा हुन्थे हामी बिचमा जीवन दर्शनका कुराहरु हुन्थे । यसरी राजु सङ्ग भेट भएपछी घन्टौ समय बितेको पत्तै हुदैनथ्यो । म आफुलाई राजु जस्तो सज्जन, ईमान्दार ब्याक्ति वा प्रेमी पाउँदा संसार कै सबै भन्दा भाग्यमानी आफुलाई सम्झन्छु । राजुले आफ्नो मनका कुराहरु यसरी ब्यक्त गर्दथे म संग ,

रोस्ना तिम्रो यो न्यानो मायाँले यति धेरै पग्लिए कि अहिले म पानी पानी भएको छु । जब म तिमीसंग भेटे मलार्इ तिम्रो न्यानो मायाँको अनुभूति यो मुटुले गर्यो । तव तिमीलार्इ मेरो नजिक बनाउँन मन लाग्यो । मेरो मनले सोचे जस्तै तिमी पनि मेरो नजिक आर्इदियौ । त्यसमा म ज्यादै खुशी छु तर तिमी वास्तवमा ख्यालख्यालैमा आएका थियौ त्यो मलार्इ थाहा छ । सायद त्यति खेर तिमीलार्इ मेरो मायाँको कुनै अनुभूति नभएर हुन सक्छ । तर मेरो एउटा बानी के छ भने जस्लार्इ म मन पराउँछु उस्लार्इ बाहेक म कसैलार्इ देख्दिन र हेर्दिन पनि । र उस्लार्इ यति धेरै मायाँ गर्छु कि अरुले मायाँ गर्न खोजे पनि अरुको मायाँ वास्ता नहुने गरी मायाँ गरी दिन्छु। सारा मायाँ,तन,मन उतै खन्याउँछु। त्यो त बुझ्नेले बुझि हाल्छ नबुझ्नेले छोडी जान्छ । तर तिमीले बुझि दियौ त्यहि खुशी लाग्छ । मैले अहिले सम्म अनुभव गरे अनुसार तिमी मेरो मायाँ,बिचार,चाहना र भावनालार्इ बुझ्ने एक मात्र रहेछौ जस्तो लाग्छ । किनकी मेरो हर कुरा बुझ्ने प्रयास गर्छौ । यति धेरै मायाँ पाउँदा म त एकादेशको राजकुमार भएको छु । त्यस्तो माया पाउँन लायक र योग्य मान्छे होइन होला जस्तो लाग्छ । आजभोलि मलार्इ यस्तो लाग्छ कि, म भाग्नमानी रहेछु किनकी तिम्रो मायाँले लपक्कै भिज्न पाएको छु । लाग्थ्यो केहि समय अगाडी म चैत्र बैसाखको खडेरी ,तर अहिले तिमीसंगको समिप्यताले हरियाली मौसम झैं भएको छु । जहाँ सुन्दर फुलहरु फुल्छन् भमराहरु भुनभुनाउँछन् र पुतलीहरु फुलहरुको रसमा लिप्त हुन्छन् । आजभोलि यस्तै भैरहेको छ । सोच्दै पनि मनमा अनौठो उमाङग जाग्ने कता कता कु.. हु.. कु.. हु.. गरेर सुन्दर बगैचामा कोइली बोलेको आभाष भैरहन्छ । मायाँ त यसरी पो हुँदो रहेछ । सायद त्यसैले हो कि मलार्इ पनि एउटा रंगीन संसारमा कता कता हराए झै लाग्छ । झन तिमीसंग भेटेर माया पिरती साट्न पाए कस्तो होला । यो मन त्यसै त्यसै हाँस्न थालेको छ एकान्तमा । यो तन त्यसै त्यसै नाच्न थालेको छ एकान्तमा । खै कसरी सुनाउँ यो मनको कुरा । खै कसरी खोलु हृदयको कुरा । एकान्तमा भेटेर हरीयाली बनजङ्गलमा बस्यौ भने सायद चराचुरुङ्गी पनि चुपचाप हुन्छन होला हैन हाम्रो प्रेम देखेर | सिर्सिरे बताससंगै तिम्रो केसरासी छुदै मनको वह पोख्न पाए कस्तो हुन्थ्यो । सायद त्यस्तो तिमीसंग मनको कुरा खोलेर बोल्न पाए गतिशील समय पनि सायद एकछिन् त ठप्प रोकिन्थ्यो होला । यो मनको कल्पना कहिले पुरा होला । सम्झन्छु त्यो एकान्त तिमी अनि म त्यो समय कति अनौठो सुन्दर हुन्थ्यो होला । हाम्रो कल्पनाको सुन्दर संसारमा तिमी र म मात्र भए कति आनन्द हुन्थ्यो । सम्झन्छु तिम्रो सुमधुर वोली लज्जालु वानी मैले मेरो मायाँले छोप्न पाए म त त्यो देशको राजा हुने थिए । आहा सम्झदै यो आङ सिरीङग हुने त्यो क्षण कहिले आउला । यस्तो सुमधुर प्रेमको उपस्थिती तिमीले लिएर आयौ । कतै उजाड भएर एकदिन जाने त होइन डर पनि लाग्छ । यो मायाको संसार पनि कस्तो । जे म ती सवै कुरा कल्पेर तिमीलार्इ सम्झी रहेकोछु यो विरानो ठाउँमा । म जस्तो एक्लो मान्छेको साहारा खै को होला र ? तिमी मलार्इ माया गरेर कतै भागी जाने त होईनौ ? तर पनि म तिमीलार्इ माया गरिरहन्छु । राजुका यस्ता यस्ता कुराहरुले मेरा मनहरु अझ आकुल ब्याकुल हुने गर्थ्यो । साच्चै नै त्यो दिन,त्यो क्षण,त्यो पल कहिले आउँने होला भनेर एक्लै एक्लै रमाउँथे।र कहिले कहि डर पनि लाग्थ्यो । कतै हाम्रो चोखो प्रेममा कसैको आँखा त लाग्ने हैन भनेर ? सम्झदै मेरो पनि आङ् सिरिङ् हुन्छ। यतिका दिनसम्म आत्मिय,सामिप्य भएर माँया प्रीतीका कुरा हुँदा पनि भिडियो कल भने हामीमा भएको छैन।मलाई आतुर लाग्छ उनको मुहार हेर्नलाई यति धेरै माँया गर्ने राजु कस्तो होला भनेर | उनको तस्बिर हेरेर कल्पना मात्र गर्छु मेरो प्रेमी साच्चै मुहारमा मात्र हैन,उनमा साच्चै महान बिचार पनि छ । तर राजुले आफ्नो मुहार अझै देखाउँन भने मन्जुर गरेको छैन | मलाई सरप्राईज दिन चाहन्छ उ । फेस्टुफेस भेटघाटमा नै हेराहेर गर्ने प्रस्ताव छ राजुको । हाम्रो भेटघाट भएको लगभग पाँच महिना पछी मेरो नेपाल छुट्टि जाने कुरा पक्का भयो। अनि यो कुरा सबै भन्दा पहिले उनैलाई सुनाए। यो कुराले राजु ज्यादै खुशी भयो र उस्ले पनि नेपाल जाने तय गर्यो । र हाम्रो चाडै काठमाण्डौमा पुगेर भेट हुने सल्लाह भयो। दैबले जुराए जस्तै टिकट पनि एकै दिनको मिल्यो । राजुलाई पनि अमेरीकाबाट आउँन दुई दिन लाग्ने मलाई पनि ईज्रायलबाट नेपाल पुग्न दुई दिन लाग्ने हुनाले एकै दिनमा काठमाण्डौ पुग्ने भयौ । त्यसपछी दुई दिनको लामो यात्रा पछी म नेपाल पुगे मलाई त यही आतुर थियो कि राजुसंग कहिले भेट्ने होला भनेर, उ कस्तो होला भनेर।अर्को तिर डर पनि थियो राजुसंगको मेरो पहिलो भेट हुने भएकोले ,म कसरी उनको सामु प्रस्तुत हुने ? र उनीसंग कसरी बातचित गर्ने भनेर, कल्पना गर्दागर्दै अतालिन्थे,हडबढाउथे यसै क्रममा राजुको फोन आयो र म खुशीले गदगद हुदै फोनमा कुरा गरे त्यतिकैमा राजुले म सिंहदरवार अगाडी छु तिमी यहाँ आउ ल है भने पछी म हतार हतार ट्याक्सी लिएर उतैतिर हुईकिए।एकैछिनमा सिंहदरवाद अगाडी पुगे म यताउता हेरे राजुलाई देखिन अनि कल गरे,राजु फोनमा बोल्दै बोल्दै मेरै अगाडी आई पुग्दा मात्र म झसङग भएँ र फोन बन्द गरे ।

दुबै जना मौन भएर एकअर्कामा हेराहेर गर्दै मुस्कुरायौ र केहीबेर पछी खुशीका साथ अंगालोमा बाँधियौ।त्यसपछी हामी गोदावरी घुम्न जाने निर्णय गर्यौ |त्यसै बखत दुबै गोदावरीको रंगीन बगैचातिर लाग्यौ राजुसंग प्रत्यक्ष भेटमा म ज्यादै खुशी थिए।लाजले अनुहार राता पिरा भएका थिए मेरा । चुपचाप हामी हेराहेर गरेर हाँसी रहेका थियौ ।केहीछिनमा हामी गोदावरीको रमाईलो मनोरम प्रकृती,हरीयाली वनपाखा,सप्तरंगी फुलबारीको मन मोहक दृश्यमा हरायौ। त्यहाँ हामीले अरु कसैलाई देखेनौ। अंगालोमा बाँधिएर एक अर्का हेराहेर गर्दै मिठो मुस्कानका साथमा प्रेमिल कुराहरु गर्न थाल्यौ।राजुले भन्दै थियो रोस्ना तिमीसंगको भेटले मेरो जीवनमा नयाँ रङग छाउँन थालेको छ । उत्साह,उमाङग छाउँन थालेको छ । खुशीयालीले तन,मनलार्इ समाउँन थालेको छ । अव यस्तो समय यो जिन्दगीमा पुन फर्केर आउँदैन पनि होला जस्तो लाग्छ । मलार्इ तिमीले मेरो जीन्दगीको टर्निङ पोर्इन्टमा पुर्यायौ । यो मेरो खुशीको कुरा हो मैले यो दिन,यो क्षण आउला भनेर कहिल्यै सोचेको थिइन । एकोहोरो निराशमय जीवन विताउँदा जीन्दगी यति नै होला जस्तो लाग्थ्यो । तर हाँसो,खुशी र जीवन त अझै पो बाँकी रहेछ । यो तिम्रो न्यानो र सुमधुर मायाँले थाहा पाए । प्यासी जीवन तिम्रो कल्पनाको तिर्खामा बाचेको छु । रोस्ना तिम्रो समिप्यता पाउन समयले कति साथ दिने हो थाहा छैन | आज म तिम्रो न्यानो मायाँको सह्रहाना गर्न चाहन्छु । यो संसारमा तिमी मात्र एक मलार्इ बुझ्ने रहेछौ जस्तो लाग्छ । किनकी मैले भनेका कुराहरु मानी रहेका छौ । म आज यस भ्यालेन्टार्इन दिवसमा हाम्रो मायाँ सदासदा अमर रहोस भन्न चाहन्छु । तिमीलार्इ म धेरै धेरै माया गर्छु ।

राजुका यस्ता मिठामिठा शब्दले म कती लालयित भए उस्को प्रत्येक शब्द शब्दमा हराएँ |अनि मैले पनि त्यही भ्यालेन्टाईन दिवसको दिन बाचा गरे।संगै मर्ने संगै बाँच्ने एक आपसको सुख दुखमा संगै बराबर बाँड्ने।हामी दुबैको आँखा रसाएको थियो।खुशीका आँसुहरु बगी रहेका थिए |सुर्य पनि गोधुली हुदै क्षितिज पारी डुब्दै थियो। त्यसपछी हामी पुन आफ्नो आफ्नो बास स्थानतिर लाग्यौ |पुन भोली भेट हुने बाचाका साथमा। साँझमा घर पुग्दा म यति धेरै खुशी थिए सायद यो मेरो जीवनको पहिलो खुशी थियो।म एक्लै मुस्कुराउथे। एक्लै बर्बराउँथे मेरो भोक निन्द्रा सबै हराएको थियो। खाली यि मनहरु तनहरु राजुसंग हराउँन पुग्दथ्यो।जति मैले सोचेको थिए राजुको बारेमा ,तर प्रत्यक्ष भेटमा उनलाई त्यो भन्दा बडी पाएँ लाखौमा एक रहेछ मेरो राजु। यस्तै यस्तै रमाईला कुरा मनमा सोच्दा सोच्दै रातको एक बजेछ कति बेला म फुस्स निदाएछु ।

 बिहान उज्यालो भयो नुहाएँ,खाजा खाएँ केहीछिनमा राजुको फोन आयो |रोस्ना आज तिमी अली चाडै आउँनु है ,सुन्धारामा घुमौला अनि नौ तले धरहरामा चढेर रमाईलो काठमाण्डौको दृश्यहरु हेर्नु पर्छ भनेर |मैले हुन्छ भने त्यसपछी म ट्याक्सी टिपेर सुन्धारातिर लागे । हामी त्यही धरहराको मुनी भेट भयौ र टिकट काटेर माथी चढयौ।केही फोटोहरु खिच्यौ हामी दुबै एक अर्कामा लजाउँदै,मुस्कुराउँदै मिठामिठा प्रेमका कुराहरु गर्यौ।अनि काठमाण्डौ भ्यालीको रमाईलो दृश्यहरु हेर्यौ। त्यस पछि साहित्य प्रतिका कुराहरु भए।राजुलाई थाहा थियो म पनि साहित्यको अनुरागी हुँ भनेर त्यसैले सँधै मलाई लेख्ने शाहस दिलाउँदथ्यो।र पुन राजुले त्यही आत्मशाहसका कुराहरु भन्न लागे अव म छु रोस्ना तिम्रो सहयोगको लागि । मेरो सक्दो सहयोग म गर्ने छु, तर तिमीले पनि त्यो कुरा हेक्का राख्नु पर्छ है । तिमीसंग असिमीत प्रतिभा छ त्यसको धेरै लोभ मलार्इ लाग्छ । हरेक मान्छेको ब्यवहार हुन्छ तर प्रतिभा सबैको हुँदैन । अव तिमीले नेपाली समाजको लागि केहि गर्नै पर्छ । तिमीले प्रण गर्नैपर्छ । तिम्रो साथमा म छु । अब तिमीले समयलार्इ पक्रनु पर्छ । समयलार्इ त्यतिक्कै खेरो फाल्नु हुँदैन । केहि न केहि लेखेर समयको गतिलार्इ हातमा ल्याउँने प्रयास गर्नु पर्छ है ल रोस्ना । यदि तिमीले यसो गर्यौ भने म सबै भन्दा खुशी हुनेछु । तिम्रो लागि म जुटि सकेको छु । हरेक दिन,हरेक क्षण म तिम्रो बारे सोची रहेको हुन्छु ।

 साच्चै मेरो राजु तिमी एउटा मेरो प्रेमी मात्र नभएर एक देशको निम्ती समर्पण अनि त्याग गर्न सक्ने कर्णधार ब्यक्ति पनि हौ। सबै प्रकारका तिमीमा चेतनाछन,आफ्नो मौलिकता,सस्कृति,स्वभिमान,ईमान्दार,जीवन,दर्शन देखी लिएर हरेक कुराको ज्ञान छ तिमीमा। तिमी जस्तो एक प्रेमी अनि जीवन साथी पाउँनु मेरो सौभाग्य सम्झन्छु आफुलाई। यसरी नै तिम्रो माँया सधै पाईरहुँ , न्याँनो अंगालोको स्पर्श सँधै पाईरहुँ।तिमीबाट हर कुरामा आत्मबल,सुझाब ,सह्रहाना पाईरहुँ यही चाहन्छु म |यसरी तिमीले मलाई हर दुख,सुख,हर कुरामा हातेमालो गरेर डोर्यायौ भने अवस्य म केही गर्नेछु,|तिमीले आशा गरेका हर कुराहरु पुरा गर्नेछु।मात्र मलाई सदा तिम्रो साथ चाहिन्छ राजु।अँगालोमा बाँधिएर फेरी हर्षका आँसु झरे हामी दुबैको आँखाबाट | नचाहदा नचाहदै पनि प्रेमिल दिनहरु पत्तै नपाई बित्दो रहेछन।त्यो दिन पनि त्यतिकै बित्यो। भोलीपल्ट जाउलाखेलको चिडियाखाना डुल्न गयौ।हामीलाई लाग्दथ्यो सायद हामी अर्कै दुनियाँमा छौ।यो संसार देखी निक्कै टाढा स्वर्ग झै त्यो मायालु संसारमा। जिन्दगीमा यस्तो रंगीन दिनहरु पनि आउँदो रहेछ कहिले काँही। त्यो शिशिरको याम पनि हामीलाई हरियाली बशन्त झै लागेको थियो।मुहारमा त्यसै त्यसै बैसालु रंगहरु उर्लेका थिए।यी प्यासी नयनहरु झिम्म नगरी एकोहोरो भएका थिए।मनमा चैत्र बैशाखको आँधी हुरी झै चाहनाका तुफानहरु मडारिएका थिए।कहिले हातेमालो गर्दै,कहिले अंकमाल गर्दै प्रत्येक त्यहाँका रमणिय स्थलहरुमा,त्यहाँका वस्तुहरुसंग रम्यौ।अर्को दिन बालाजुमा घुम्न गयौ। हुदा हुदै पत्तै नपाई एक महिना पनि बित्न लागेछ।हाम्रो बिदा पनि सकिनै लाग्यो।अब राजुको र मेरो छुट्ने दिन नजिक आउँन लाग्यो मनमा ज्यादै नमिठो लाग्न थाल्यो। अब कसरी छुट्ने होला सम्झदै आँखाहरु रसाउँन थाले।र पनि छुट्नै पर्ने बाध्यता थियो हामीमा, राजुको पढाईको बारेमा मैले सोच्नै पर्ने थियो । आज मङ्सिर २२ गते डिसेम्बर ८ तारीक बुधबार राजुको फ्लाईट रातीको ११ बजे थियो।त्यो दिन हामी दिनभरी रत्नपार्कमा बसेर कुराकानी गर्यौ।भेट हुँदा हामीमा जती खुशी उत्साह थियो। बिछोड हुने दिनमा हामी त्यती नै नैरास्य र भाव विव्हल थियौ। आँखाबाट बलिन्द्र आँसुका धारा बगेको थियो रोदनले ओठहरु काँपी रहेको थियो | मुटु त्यसै दुखे झै ,संसार अन्धकार भए झै,सारा चिजहरु निर्जिव भए झै लागी रहेको थियो।सास रुक्ला झै अफ्ठ्यारो महसुस भएको थियो।राजुले भने मलाई सान्तवना दिई रहेका थिए।

रोस्ना तिमी यसरी रोएर हुदैन। मलाई पनि त तिमी संग छुटेर एक्लै बस्ने मन त कहाँ छ र ? तर हाम्रो बाध्याता छ।अब एक बर्ष त होनी त्यसपछी तिमीलाई सधै सधैको लागी आफ्नो बनाएर ल्याउँनेछु। मेरो माँयाको गुडिया बनाएर तिमीलाई मिठो प्रीतले छोपेर मेरो आँखा वरीपरी सजाएर राख्नेछु। तिमी मेरो धड्कन जस्तै बनेकी छौ । जहाँ मेरो मुटु धड्किदा तिमी धड्किए झै लाग्छ । हिउँदको पारीलो घाम झै तिम्रो न्यानो मायाँको आभाष म कहिल्यै चर्चा गरेर थाक्दिन । तिम्रो सरल ,स्वच्छ र निश्छल स्वभावले त्यसै त्यसै यो मन सुम्सुम्याउँछ । असीम प्रेमको स्पर्शले होला यो छाती त्यसै अप्ठ्यारो भैदिन्छ । तिमी छौ र त मेरो जीवन छ,सपना छ,बिपना छ अथवा हुनु पर्ने सबै सबै थोक छ । हिजो म संग नभएको थोक छ । रोस्ना तिम्रो समीप्यता पाए पछि म ज्यादै खुशी छु, अधेरी रातमा पनि तिमी जुन भएर उदाउँछौ जसको टहटह उज्यालोमा मायाँको गीत गाएर म मुस्कुरार्इ रहेको हुन्छु। सायद तिमीले देख्दैनौ तर म उसरी नै रोर्इरहेको पनि हुन्छु एकान्त त्यो बिरानो मुलुकमा तिम्रो यादमा सधै तड्पिएर ।

चिन्ता नगर रोस्ना अब तिमीले आफु मरेर गए पनि आफ्नो नमर्ने नाम छोड्नु पर्छ।समाजको लागी केही गर्नु पर्छ। निर्धक्क अगाडी बड्दै जाउँ पछि समयले बताउँदै जानेछ । समय बलवान हुन्छ रोकेर रोक्न सकिंदैन । हाम्रो मायाँ यसरी नै अगाडी बढी रहनेछ जुनी जुनी सम्म।

 राजुले आफ्नो काखबाट उठाउँदै मेरा दुई नयनका आँसु पुछी दिए।म हिक्का छोडी छोडी रोई रहेको थिए।साँझ परी सकेको थियो राजुले आफ्नो सामान मिलाउँनु पर्ने थियो। ८ बजे एयरपोर्ट पुग्नु पर्ने थियो। त्यसैले गहभरी आँसुको भेल बगाउँदै पुन चाडै भेट्ने बाचाका साथमा हामीले बिदाईका हात हल्लायौ। फेसबुकले मौलाएको यो हाम्रो प्रेम अव कुन रुपले अगाडी बढ्दै जाने हो थाहा छैन । तर उनको मेरो सम्वन्ध अझै फेसबुकले जोडी रहेकै छ । यो हाम्रो साइवर प्रेम अमर बनोस् । हिमालबाट बग्दै आउँने साङलो र चोखा नदि झै सदासदा हाम्रो प्रेम बगी रहोस् । हिजो म इजरायल आइपुगे । र पुन राजुसंग फेसबुकको च्याटमा बोले र रमाउँने प्रयास गरे ।

(नोट – यो एउटा यथार्थपरक सार्इवर प्रेम कथा हो ।

कसैको जीवन कथामा मिल्न गए संयोग मात्र हुनेछ ।)

– कृष्ण कला वनेम

हाल : इजरायल

माघ ३ गते २०६८ साल मंङ्गलबार !

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *