कसैले,

हेलो भन्दैनन्,

कतिले,

“दर्शन” पनि फर्काउनु हुन्न,

धेरैले त्यस्तै गर्छन अचेल उसलाई,

सधै हिड्ने सडक पेटी हरुले,

थकाइ मार्ने चौतारा हरुले,

चिया पसल र भट्टी समेत,

सबैले,

दुइ चार बर्षकै फेरमा,

 

उ निक्कै बिरानो देखिइसक्यो,

सबैले उसलाई नचिनेझैं गर्छन,

तर पनि उ,

लुखुर लुखुर

त्यहि बाटो

घाम र झरी नभनी,

साँझ बिहान हिडेकै छ!

एकदिन,

अचानक,

झरी बाट उम्कन,

पसलको ओत लाग्दा,

बल्ल,

पुरानै भए पनि,

 

सानै भए पनि,

टोयोटाको याद आयो!

पजेरोको याद आयो,

अनि याद आयो,

समुद्रपार देखि,

किन,

यी सबै,

उसका छिमेकमा आए,

अनि,

सबैका अभिन्न अंग झैं,

चिर परिचित भए,

आफू भने,

सधै त्यहिँ भएर पनि,

सबैको,

सधैको,

बिरानो छ!

उसलाई,

कसैले नमस्ते भन्दैन!

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *