तिम्रै मुटुमा बास खोजेछु,
तिम्रै आखामा सपना देखेछु
मिठो बोलि सुन्नलाई ओठ तिम्रै चुनेछु 

परेलीले भन्छ मलाइ अली वर आऊ
माया पिरतीको मिठो धुनहरु सुनाऊ
म पनि त तिम्लाई हेरी मायाजाल बन्दैछु 
तिमी मेरै हौ भनेर  सारालाई  भन्दैछु 

धड्कनले भन्छ मलाई तिम्रै साथ जाउ 
आफ्नै मान्छे सम्झिएर लौन हात समाऊ
उनि पनि त मेरै माया कुर्दैछीन होली 
फुलै फूल सजाएर ल्याई दिउकी डोली
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *