चैत ९, काठमाडौँ।

गीतकार उमा सुवेदी भण्डारीद्धारा लिखित ‘तिर्सनाका छालहरू’ नामक गीतिसङ्ग्रहको लोकार्पण प्रमुख अतिथि  वरिष्ठ गजलकार प्रा डा कृष्णहरि बरालले प्रज्ञाभवनमा एक समारोहका बिच गर्नुभयो । साहित्य सञ्जाल नेपालले आयोजना गरेको उक्त समारोहमा वरिष्ठ गजलकार प्रा डा कृष्णहरि बरालले सो गीतिसङ्ग्रहको विमोचन गर्दै केही गीतमा व्यस्त जीवनको चित्र मायामा मिसाएर गीतको सिर्जना गरिएकाले राम्रो छ भन्नुभयो ।

गीत रचना गर्दा आफ्नो मौलिकतालाई प्राथमिकता दिनुपर्ने र नयाँ बाटो पहिल्याएर नयाँ शैलि प्रस्तुत गर्नु नै गीतकारको सफलता हो भन्नु हुँदै बरालले उमाले यस कृतीमा सफलता पाएकोले उमालाइ बधाई समेत दिनुभयो । उमाका गीतहरु सरल भाषामा प्रस्तुत भएकाले लोकप्रियता हासिल गर्नेमा आफु बिश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक नेत्र एटमले गीतमा प्रयोग गरिएका भाषा सरल हुनका साथै संरचना अत्यन्त कसिएका गीतहरु भएकाले लोकप्रिय हुने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार रमेश पौडेल र गीता त्रिपाठीले सङ्ग्रहमा समावेश गरिएका अधिकांश गीत प्रणय, समर्पण तथा विछोडका भावलाई अर्थपूर्ण तरिकाले अभिव्यक्त गरिएकाले नेपाली गीति सङ्ग्रहमा महत्व राख्ने बताउनुभयो ।

लेखिका सुवेदी धन्यवाद ज्ञापन गर्दै समयसँग घट्ने अनेकाँै घटनालाई नियाल्दा निस्किएका भावनाको सङ्गालोलाई नै सङ्ग्रहमा संलग्न गरी आफ्नो सिप र क्षमताले भ्याएसम्म परिस्कार गरेको उल्लेख गर्नुभयो ।

गीतकार करुण थापाको सभापतित्वमा सम्पन्न उक्त लोकार्पण समारोहमा विष्णु प्रभा सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले प्रकाशन गरेको सो गीतिसङ्ग्रहमा ७४ वटा गीत रहेका छन् ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *