वाङ्मयको विमोचन र पारिजात जयन्ती बिषेश समारोह सम्पन्न

जया राई, बेलायत

अनेसास बेलायत शाखाले दोश्रो अन्तराष्ट्रिय नेपाली साहित्य सम्मेलनको स्मारिका वाङ्मयको लोकार्पण र नेपाली साहित्यको मुर्धन्य श्रष्टा सुश्री पारिजातको ७५औं जन्म जयन्ती विशेष समारोहका साथ १५ अप्रील २०१२ मा सम्मपन्न गरेको छ । कार्यक्रममा स्वागत मन्तव्य दिदैं कोषाध्यक्ष विकल चन्द्र आचार्यले सम्पूर्ण अतिथीहरुलाई समारोहमा उपस्थित भै कार्यक्रमको गरिमा बढाइ दिनु भएकोमा हार्दिक स्वागत गर्दै, डायसपोरिक साहित्यको उत्थानमा सहयोग गर्न प्रमुख अतिथी एन आर एन यूकेका अध्यक्ष कुल आचार्यलाई आग्रह गर्नु भयो ।

मुध्र्यन्य साहित्यकार पारिजातको तस्वीरमा उपस्थि संपूर्ण सहभागिहरुले पुस्पगुच्छा अर्पण गरिसके पछि कार्यक्रममा प्रमुख अतिथीले लन्डन सम्मेलनको स्मारिका “वाङ्मय”को लोर्कापण गर्नु भयो । आफ्नो मन्तव्यको क्रममा यसरी अनेसासका यस्ता कार्यक्रमहरुमा आपूmले सदैव हरतरहले सहयोग गरिरहने प्रतिबद्दता जनाउनु भयो । भाषा संकृती र परम्परा हाम्रो विशिष्ट पहिचान हो भन्दै श्रष्टा पारिजातको नेपाली साहित्यमा भएको योगदानलाई डायसपोराबाट पनि उचित मुल्याकन गर्नु पर्ने बेला आएको बताउनु भयो ।

लोकार्पित कृति उपर मन्तव्य दिदै उपाध्य डा.रुपक श्रेष्ठले कृति भित्रका महत्वपूण कार्यपत्रहरु, लन्डन सम्मेलनको समिक्षा साथै आर्थिक रुपमा अनेसासले व्यहोरेका कुराहरु र यस कृतिलाई यस रुपसम्म ल्याउने सबै सहकर्मीहरुको प्रशंसा गर्दै वाङ्मयको समिक्षात्मक प्रस्तुती दिनु भयो । यसै गरि महान श्रष्टा पारिजातको जीवनी, उनका जीवनका उतार चढाब, कठीन परिस्थीतिहरुमा पनि साहित्य प्रतिको लगाव र उनले दिएको नेपाली साहित्य भण्डारमा अतुलनिय योगदान एव विश्व स्तरमा नेपाली साहित्यलाई पुर्याउन गरेको एकलव्य प्रयासको विस्त्रित रुपमा व्याख्या समालोचक÷कवि एवं वरिष्ठ सदस्य गोपीकृष्ण प्रसाईले गर्नु भयो । साथै वाहाले पारिजातको जीवनमा घटेका रोचक पक्षहरुको बारेमा पनि संक्षिप्त जानकारी गराउनु भयो ।

पारिजातकी बहिनी सुकन्या वाइवा संग आफ्नो अंतरंग सम्बन्ध भएको जानकारी दिदै सस्थाकी वरिष्ठ उपाध्यक्ष जया राईले पारिजात स्मृती भवानको लागि वेलायत शाखाले पठाएको सहयोग रकम सुकन्या वाइवालाई हस्तान्तरणको प्रसंग र उनले आफ्नो पुस्तक डम्बरीमा लेखेको भूमिकाको कुरा र सुकन्या पारिजातको मेरुदण्ड हुन् भनेर चर्चा गर्नु भयो ।

वरिष्ठ सल्लाहकार खगेन्द्र पाठकले लन्डन सम्मेलनमा नेपाल अमेरिक क्यानडा, फ्रान्स, वेल्जीयम र वेलायतबाट प्रतिनिधित्व गर्नु हुने विशिष्ठ सभहभागिहरुको तारिफ गर्दै सम्मेलनको दौडानमा आपूmले पाएको हन्डर,ठक्कर, माया र सत्भावले नै साहित्यको दीप प्रज्वलन गर्न प्रेरक भएको उल्लेख गर्नु भयो । युवा साहित्यकार नारायण अधिकारीले लन्डन सम्मेलनको सेरोफेरोमा रहेर नेपाली वाङ्मयलाई माया गर्ने साथीहरु देखेर आपूm हर्षले गद्गद् भएको बताउनु भयो । त्यस्तै लन्डन कलेज अफ् इन्जिनियरिङ तथा मेनेजमेन्ट्का डाइरेकटर महेश रेग्मीले दोश्रो पुस्तामा नेपाली भाषा कसरि हस्तान्तरण गर्न सकिन्छ भन्दै अनेसास वेलायत संग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।

समारोहमा उपस्थित विभिन्न श्रष्टाहरु राजिव रेग्मी (मायाक्यालेनडर) नारायण गाँउले, मीरा आँबोहाङ, अजिता सिंमखडा, महेश रेग्मी, सान्तराज पाम्फ, नारायण अधिकारी, गरिमा राई, संजय राउत आदिले आफ्ना श्रृजना वाचन गरेका थिए । नयाँ आजीवान सदस्य क्रमस महेश रेग्मी, विष्णु देवान र सान्तराज पाम्पूmलाई प्रमुख अतिथी, अध्यक्ष र खगेन्द्र पाठकले खादा ओडाएर स्वागत गर्नु भएको थियो ।

कार्याक्रमको सफलता र नयाँ वर्षको शुभकामना दिनेहरु नेपालबाट प्रा. सुषमा आचार्य, डा. गोविन्दराज भट्टराई, प्रदिप नेपाल, अस्मिता भन्डारी, विश्वविमोहन श्रेष्ठ, अमेरिकाबाट होमनाथ सुबेदी साथै वेलायतबाट शशी पौड्याल, भगवान चाम्लिङ्ग, कृष्ण बजगाईं, रक्ष राई, रुपक बनवासी, सुमल कुमार गुरुड, लारा, प्रतिभा बोहोरा, विजय हितान आदिको नामावली पढेर सुनार्ईएको थियो । कार्यक्रमका पहिलो चरणमा शशी थापा सुब्बाले र दोश्रो चरण गोपीकृष्ण प्रसाई दुबै जनाले रोकताका साथ संचालन गर्नु भएको थियो । चार बजे सुरु भएर बेलुका आठ बजे सम्म संचालित उक्त कार्यक्रम गोर्खा प्राईड राईस्लीप लन्डनमा भएको थियो । कार्यक्रमको विट्मार्दै सभापतिको आसनबाट सस्थाका अध्यक्ष होम परिवागले पारिजातसंगका आफ्ना सुनौला पलहरुका बारेम जानकारी दिन भयो भने दोश्रो लन्डन सम्मेलनमा दुःख गर्ने सबै साथीहरुको मनोभावनालाई आफुले कदर गरिरहने बताउन हुदै उपस्थित संपूर्ण सहभागीहरु प्रति आभार प्रकट गर्दै सभाको विर्सजन गर्नु भयो ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *