साहित्य महासङ्घ मलेशियाको नयाँ नेतृत्व
२२ अप्रिल, नेपाली साहित्यको विकास, विस्तार तथा संरक्षणको लागि स्थापित विश्व नेपाली साहित्य महासङ्घको मलेशिया शाखा साहित्यकार जीवन देवानको अध्यक्षतामा निर्माण भएको छ ।
साहित्य महासङ्घ केन्द्रिय महासचिव विश्वासदीप तिगेलाको समेत उपस्थिती रहेको स्रष्टा भेलाले निम्नअनुसार नयाँ  नेतृत्व निर्माण गरेको छ । उपाध्यक्ष दिलीप राई ‘सगर’, सचिव श्रीजन श्री, सहसचिव मनि राई ‘गोठाले’, कोषाध्यक्ष गनिन्द्र विवस र सदस्यहरु निरज सापकोटा, राजकुमार तेयुङ ‘तरेबा’, भिम स्नेही, जितेन राई रहनु भएको छ भने नयाँ नेतृत्वको घोषणा संगै अघिल्लो कार्यसमितिलाई धन्यवाद ज्ञापन गरेको थियो ।
महासंघ स्थापना पछि तेस्रो शाखा बनेको मलेशिया शाखा लामो समय निष्कृय भएको कारण साहित्य महासंघ केन्द्रीय समितिको गत २८ जनवरीमा सम्पन्न बैठकले औपचारिक विघटन गरि साहित्यकार देवानलाई संयोजक तोकेको थियो ।

लिम्बु साहित्यको कृति मलेशियामा विमोचित
२२ अप्रिल, युवा साहित्यकार राजकुमार तेयुङ तरेबा को चौथो कृति मिरिङ्रेन मिक्वा नामक गजल संग्रहको विमोचन मलेशियाको राजधानी क्वाललम्पुरमा सम्पन्न भयो ।
विश्व नेपाली साहित्य महासङ्घ केन्द्रीय महासचिव विश्वासदिप तिगेलाले उक्त कृतिको विमोचन गर्दै विभिन्न भाषाभाषी साहित्यको ठूलो महत्व रहेको कुरा बताउनु भयो । लिम्बु भाषा र सिरीजङ्गा लिपीमा लेखिएको उक्त कृति लिम्बु भाषाको तेस्रो गजल संग्रह र प्रवासबाट प्रकाशन भएको पहिलो कृति हो ।
बरिष्ठ साहित्यकार मनि राई गोठाले, शंकर पौडेल, जीवन देवान, श्रीजन श्री, प्रेम मादेन, रत्न बनेम लगायतले कृतिको सम्बन्धमा बोल्नु भएको थियो भने लक्ष्मी लिम्बु, राज आङदेम्बेले सिर्जना बाचन गरेका थिए साथै सुरेस माबुहाँङले मिठो स्वरमा गीत प्रस्तुत गरेका थिए ।
उक्त विमोचन समारोहको निमित्त ब्रुनाईबाट पाल्नु भएका प्रमुख अतिथि तिगेलालाई प्रवासमा रहेर नेपाली साहित्यको लागि पुरयाएको योगदानको कदर स्वरुप ताप्लेजुङ प्रवास समिति, तेह्रथुम जनसम्पर्क मंच र संघीय लिरा परिषद मलेशियाले छुट्टाछुटै सम्मानपत्र प्रदान गरेका थिए ।
यात्रा साहित्यिक मंच मलेशियाको आयोजनामा सम्पन्न उक्त समारोहको सभापतित्व साहित्यकार गनिन्द्र विवसले गरेका थिए भने भिम स्नेहीले संचालन गरेका थिए ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *