न्युयोर्कमा साकेला उभौली २०६९ भव्यताका साथ सम्पन्न

मनु लोहोरुङ राई, न्युयोर्क

हरेक बर्ष मनाईने किराँत राईहरुको मुख्य चाडहरुमा पर्ने साकेला उधौली (मंग्सिरे
पूर्णिमा) र साकेला उभौली (बैशाखे पूर्णिमा) मध्ये यही मे महिनाको ६ तारिख आईतबारको दिन
"साकेला उभौली २०६९" अमेरिकाको न्युयोर्कमा रहेका किराँतीहरुले पनि मनाए | किराँत राई
सोसाईटी अफ अमेरिका (KRSA) न्युयोर्क च्याप्टरको आयोजनामा भएको उक्त कार्यक्रममा
संयुक्त राष्ट्र संघ स्थायी नियोगका
 प्रतिनिधि मिनिस्टर काउन्सेलर श्री अमृत बहादुर राई प्रमुख आतिथ्य, KRSAका संस्थापक
तथा हाल प्रमुख सल्लाहाकार डा. नवीन कुमार राईको आतिथ्य र KRSAका सदस्य श्रीमती वृन्दा
राईको सभापतित्वमा सम्पन्न भयो | उक्त कार्यक्रममा संस्थाका सदस्य भारती राईले स्वागत
मन्तव्य र साकेला उभौलीको बारेमा प्रष्ट पार्नु भएको थियो | त्यसैगरी किराँत राई
सोसाईटी अफ अमेरिका (KRSA)का बोर्ड चेयर साथै
 न्युयोर्क च्याप्टरका अध्यक्ष 
मणि बांग्देलले संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो | त्यस पछि शिली माङ्पा
सुरेन्द्र राईले साकेला पूजाको साथै साकेला नाचको सुरुवात गर्नु भएको थियो |

कार्यक्रम संयोजक सचिव निला चाम्लिंग द्वारा संचालन भएको उक्त कार्यक्रममा न्युयोर्कमा
रहेका प्राय: सबै राईहरु र साथै अन्य न्युयोर्क स्टेट भन्दा बाहिरबाट पनि किराँत राई र
गैर किराँतहरुको भव्य उपस्थिति थियो | न्युयोर्कमा रहेका राईहरुलाई र अन्य बिभिन्न गैर
किराँतीहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि अमृत बहादुर राईले किराँतीहरुको यो प्रमुख
चाड साकेला उभौली एउटा चाड
 मात्रै नभएर सबै किराँती संस्कार र संस्कृतिको पहिचान र संरक्षणलाई निरन्तरता दिई रहनु
र भविष्यमा हाम्रा सन्ततिहरुले पनि हाम्रो जातीय संस्कार संस्कृति सिकुन र यसलाई
स्थायित्व दिउन् भन्ने अभिप्रया पनि हो र संस्कार र संस्कृतिले एक जात जातीलाई मात्रै
हैन, सिंगो नेपाललाई चिनाउने कुरा स्पष्ट प्रष्ट पार्नु भयो |

कार्यक्रमको औपचारिक सेसनको अन्त्यमा कार्यक्रम संयोजक वृन्दा राईले यो साकेला
कार्यक्रम केवल मनोरंजनको कार्यक्रम मात्रै नभएर आफ्नो घरदेश छोडेर बिभिन्न उदेश्यले
परदेश लागेका किराँतीहरु देश बाहिर रहेर पनि आफ्नो गाउँ, ठाउँ, जातीय परम्परा, भेष भुषा
र संस्कारको अनुशरण गर्ने र संस्कार, पहिचानलाई निरन्तरता दिने र आफ्नो थातथलोको स्मरण
गरिरहनको लागि यो चाड मनाईन्छ
 भन्दै अझै "साकेला उभौली" चाडको महत्व प्रष्ट पर्नु भयो | उपस्थित प्रमुख अतिथि लगायत कार्यक्रम संचालनमा सहभागी हुने सम्पूर्ण सहयोगीहरु संस्थाका सम्पूर्ण सदस्य प्रति रउक्त कार्यक्रममा उपस्थिति हुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नु भएकोथियो |

न्युयोर्कको क्विन्स स्थित, क्विन्स ब्रिज पार्कमा भएको साकेला उभौलीको अनौपचारिक
कार्यक्रम अन्तर्गत उपस्थिति जनहरुलाई मनोरंजन होस् भन्ने उदेश्यले बार्बिक्युको साथै
अन्य मनोरंजन जस्तै: बिङ्गो खेल पनि खेलाईएको थियो |साथै साकेला कार्यक्रममा हाल
ज्याक्सन हाईटमा बसोबास गरिरहेका लिभर क्यान्सर पिडित श्री राजु खड्काको सहयोगको
निमित्त किराँत राई सोसाईटी अफ
 अमेरिकाकै आव्हानमा त्यहाँ उपस्थित आगन्तुकसंग स्वेच्छा चन्दा संकलन गरेर १४१५ : oo
डलर रकम जम्मा गरियो र उक्त रकम किराँत राई सोसाईटी अफ अमेरिका(KRSA) द्वारा सोही दिन
बिरामी राजु खड्कालाई हस्तान्तरण गरेको थियो |
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *