महाशय! मलाइ कबिता लेख्न आउदैन

म आफ्नो कवितामा
श्रमको ,पसिनाको ,स्वाभिमानको
गीत गुन गुनाउन थाल्छु
म आफ्नो कवितामा
मेरो देशको पाखा ,पखेरो
उकाली ,ओराली डुल्न थाल्छु
म आफ्नो कवितामा
मेची काली मा डुबुल्की मार्दै बहन थाल्छु
मैले यहालाई मनपर्ने मनोरन्जनको सट्टा
के के लेखेछु के के
यहालाई मेरो कबिता मन परेंन होला
हो महाशय ! मलाइ कबिता लेख्न आउदैन

मेरो आफ्नो कवितामा
कोरीया ,जापान ,अमेरीका ,भारत ,अरब
कुनैको पनि म गुण गान म गाउदीन
म कवितामा आफ्ना प्रियजन र माटोबाट आफूलाई हटाउदिन
यहालाई त अरूकै नक्कल मन पर्छ होला
मेरो कबिता यहालाई झर्को लाग्यो होला
महाशय मलाइ कबिता लेख्न आउदैन
अचम्म नमान्नु होला
किनभने -
म आफ्नो कवितामा कोरा दर्शन
र अब्यबहारीक ज्ञानको अहं छर्दीन यसैले .

अस्तु :
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम :भानु भक्त दुलाल
दमक .झापा
हाल :अबुधाबी ,यू ए ई .
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *