मेरो चोमोलुंगमाले मलाई सोध्दै छ रे
 पाखापखेरो चौतारिले मलाई खोज्दै छ रे

 छिट्टै फिर्छु भनी हिडेको म देउरालीलाई
 हिजै जस्तो लाग्छ सुसेलेको भीरपाखालाई
 सताउछ गाउको यादले साकेला नाचेको
 कसरी भुल्न सक्छु र देउसी भैले खेलेको

आउछु भन्दा भन्दै धेरै बर्ष बीती सक्यो
बिदेसिको छानो टाल्दैछू म आफ्नै चुहि सक्यो
अब त सत्य कसम यो मुग्लान छोड्छू
दुःख सुख गरेर आफ्नै घरको छानो टाल्छु
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *