लगाइएको हारमा शङ्का छ,
साझ बिहान बारमा शङ्का छ !

मह काढ्ने भन्दै लड्छन मान्छे,
हो त माहुरीको घारमा शङ्का छ !

बोल्दा पनि सम्बन्ध बिच्छेद भो,
टेलिफोनको तारमा शङ्का छ !

टुंगो छैन यात्रा जिन्दगिको,
तय गर्ने आधारमा शङ्का छ !

चामलमा ढुंगाहरू बिक्छ रे,
खै के भन्ने व्यापारमा शङ्का छ !

अस्तु :
(बास्तबिक नाम : भानु भक्त दुलाल क्षेत्री दमक  )
दमक, झापा
हाल : अबुधाबी, यू ए इ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *