-विश्वकाजी राई

मेरो चोमोलुंगमाले मलाई  सोध्दै छ रे,
पाखापखेरो चौतारिले मलाई खोज्दै छ रे ।

छिट्टै फिर्छु भनी हिडेको म देउरालीलाई,
हिजै जस्तो लाग्छ सुसेलेको भीरपाखालाई ।
सताउछ गाउको यादले साकेला नाचेको,
कसरी भुल्न सक्छु र देउसी भैले खेलेको ।

आउछु भन्दा भन्दै धेरै बर्ष बीती सक्यो,
बिदेसिको छानो टाल्दैछू म आफ्नै चुहि सक्यो ।
अब त सत्य कसम यो मुग्लान छोड्छू,
दुःख सुख गरेर आफ्नै घरको छानो टाल्छु ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *