फोस्रा मान्छेले चिल्लो सपना तुन्छन
सोझालाई मास्न फेरी जालो बुन्छन

पोशाक फेर्छन् , बोली पनि फेर्छन्
कोहि छैन भन्दै  आफ्नो मान्छे चुन्छन्

ठूलो कुरा गर्छनू , कपट लुकाई
गरीबको इच्छा  तराजूमा थुन्छन्

ढुंगा ,माटो  सबै निल्थे हुने भए त
शिप नहुदा  भाग्यलाइ  गुन्छन्

फोस्रा मान्छे गमक्क   अरु दुखी हुदा
राम्रो भन्यो भने अर्कै कुरा सुन्छन्

बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम :भानुभक्त दुलाल
दमक , झापा
हाल : अबुधाबी यू ए ई ,
इमेल :dulalbhanu@gmail.com
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *