यी कबिता रगत पच्छे छन्
यी कविताहरू दम र पक्षघातले पिडित छन्

यी कविताहरू अस्पतालको बेडमा भर्ना गरीएका छन्
तर डाक्टर छैनन्
डाक्टरहरू आन्दोलनमा छन् या त
बेतलबी बिदामा छन्

यी कविताहरू खेतमा छन्
पानी बेगरको जमीन झैँ
चरक्क चिरिएको झल्को दिन्छन्
तर मल छैन
मल भए कविताहरू
धानकोबाला झैँ झुल्थे होलान्
यी कविताहरू
खाद्द सस्थान अगाडी
मल पाऊ भनेर
अहिले
उजिरी हाल्दैछन्

यी कविताहरू स्कुलमा छन्
यी कविताहरू
स्कुलमा भए पनि पढ्दैनन्
यी कविताहरू
चर्को फि र अंग्रेजी नाम भएको
शैक्षिक सस्थामा ताला लगाउदैछन्
कि त
बिद्यार्थी बोकेको गाडी जलाउदैछन्

कविताहरू
पार्लीयामेन्टबाहिर छन्
यी कविताहरूलाई
केहि नगरेकोमा ,संबिधान नबनेकोमा चिन्ता छैन
यी कविताहरू कोहि सडकमा टायर बाल्दैछान
यी कविताहरू कोहि चाही ठूलो कामको बखान छाट्दैछन्
न कविताहरू कविताहरूलाई मान्दछन्
न कविताहरू कविताहरूलाइ गन्दछन्

त्यसैले कविताहरूको गाउ आक्रान्त छ यतीबेला
कविताहरूको शहर रोएको छ यतीबेला
कविताहरूको देश चुक चुकाएको छ यतीबेला
कबिता र कबिताहरूकै फाटो छ यती बेला

म यौटा सानो कबिता
दम र पक्षघातले पिडीत
कविताहरूको समुहबाट
हेरीरहेछु
देश र निर्दोश कबिताहरूको खातीर
कहिले संग्लीन्छ
कबिताको मन
कहिले फहरीन्छ
एक आपसमा
भाईचरा र एकताको झण्डा
म सानो कबिता
कविताहरू र देशको भलोको निम्ती
प्राथना गरी रहेछु ।
बिबेक दुलाल क्षेत्री दमक
बास्तबिक नाम : भानुभक्त दुलाल
दमक, झापा
हाल: अबुधाबी ,यू ए इ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *