उ अरूलाई चिन्दैन
उ अरूलाई मान्दैन
उ कसैको गल्ती पनि जान्दैन
(अरूको गल्ती जाने पनि बताउदैन)
फेस बुक वालमा एउटा मान्छे .

अरू उसको तारीफ गर्छन्
अरू उसको प्रसंशा गर्छन्
लाइक गर्छन
कम्मेन्ट गर्छन्
उसको जन्म दिनमा
ढेर सारा शुभकामना
ढेर सारा लड्डुहरू ,पोस्टकार्डहरू
उसको वालमा झुण्ड्याई दिन्छन्
उ चुप चाप बिना प्रतिक्रिया मख्ख पर्छ
फेसबुक वालमा एउटा मान्छे

मुर्खहरू
(माफ गर्नु होला ,तपाइँ हामी सबै पो हौकी)
अझ भनौ अरू मुर्खहरू
बिना स्वार्थ पुलकित हुदै जान्छन्
मित्रताको पुल बाध्दै जान्छन्
उ अरूको तालीको
उ अरूको असल सोचको
अबज्ञा गर्दै जान्छ
फेस बुकवालमा एउटा मान्छे

र एकदिन
थाहै नपाइ
अरूले
उसले आफुलाई
साथीको लिस्टबाट
हटाउदा मात्र
एउटा वितृष्णाले घेरेको
महशुस गर्छनू
एउटै मन ठानेको मान्छेबाट
धोका ठान्छन्

तर
यो
सबै कुरा बाट
उसमा
कुनै तर्कना छैन
कुनै सतर्कता छैन
मानौ
सदियौदेखी
मौन ब्रत
धारण गरेर बसेको छ
फेसबुकमा झुन्डिएको मान्छे

(नोट : यो कसैप्रती लक्षित छैन ,यद्यापी कसैको प्रब्रितीसित मिल्यो भने
संयोग मात्रै ठान्नु होला)

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *