हिजोदेखि नै मेरो टोल राता पहेला बस्त्र र आभूषणले सुसज्जित चेलीबेटीहरुको ओहरदोहरले भरिभराउ देखिन्छ । मानौ तीज बर्षको एक पटक छिमेकमा आफ्नो गहनाका माध्यम सम्पन्नता प्रदर्शन गर्ने विषेश अवसरको पर्व हो । अश्चार्यको कुरा बाहुनबादको कट्टर बिराधी हुँ भन्ने एकजना जनजाति छिमेकी मित्रका छोरी बुहारीहरु पनि आफ्नो गहना पहिरनका माध्यम सम्पन्न हुनुको बिज्ञापन गर्न सकृयरुपमा लागि परिरहेका थिए । …केही तरकारी लिएर घर छिर्दैगर्दा, “राम राम राम…भन्दै आँखाभरी घृणा बालेर फतफताउदै निस्कदै गरेकि कटुवालनी काकीमा मेरो ध्यान केन्दि्रत हुन पुग्छ । उक्लदैगरेको भर्‍याङगमा टक्क अडिदै म उनलाई सोध्न पुग्छु “किन, के भयो र काकी ? “छ्या छ्या छ्या…के भनौ र घरपटी बाबु आजकल तीजको बर्त पनि कस्तो उल्टो पो हुन थाल्यो । उहिले तीजब्रत बस्दा हामी आफ्नो लोग्नेको आयु बढोस सुख शान्तिका साथ लोग्नेको काखमा प्राण त्याग्न पाइयोस भनेर कामना गर्दथ्यौं , खै आजकल त पोइल जान पाम शिव पोइल जान पाम भन्दै तीजको बर्त बस्ने नखरमाउली र उखरमाउलीहरु मात्रै पो देख्न पाइने भो भगुवान । लोग्ने भने बिदेशमा गएर रगतको पसिना बगाएर दुख गर्ने घरमा भने तीजको निहु पारेर पोइल जान पाम भन्दै चर्तिकला रचाउने लवस्तरीहरु ।” सायद टिभिमा आइरहेको तीजसम्वन्धि कुनै कार्यक्रमलाई बिषयबस्तु बनाएर कटुवाल्नी काकीले आफ्नो बुहारीलाई सुनाएको व्यंग्य हुनुपर्छ त्यो उनको फत्फताई । उनी आफ्नो कान्छो छोरो साउदी गए यता बुहारीको अविभावकका रुपमा कान्छि बुहारी सावित्रीसंग मेरो घरमा बाहालमा बस्दै आएको पनि पुरै तीन बर्ष भैसकेको छ । लाग्छ आज रातभरी नै आरामले सुत्न पाइने जस्तो छैन । छिमेकी झ्यालबाट प्रशारित लाउडस्पिकरका चर्का आवाजले मेरो कोठाका झ्यालका ऐनहरु समेत थर्थराइ रहेका छन् । बर्षदिनमा आउने चाड छिमेकिको नाताले सहनै पर्‍यो । मेरो घरसामुका छिमेकी गौतमजी ले त झन रमाइलो गर्नुपर्छ है दाई मेरोमा महिला टोलीहरु मच्चिदै नाचुन हामीहरु चाही यसो चुस्की लगाउदै थप्पडी बजाइदिनु पर्छ भन्दै निम्तो समेत दिएका थिए । साँझसम्म नेपाली तीजका गीत बजेका स्पिकरहरुबाट रात छिप्पिदै जादा बिस्तारै हिन्दी गीतहरु घन्कन थालेका थिए । सुव होने नदे साम होने नदे एकदुसरेको हम सोने नदे…बोलको गितमा पर्दा झ्याल सबै खोलेर छिमेकी चेलीबेटीहरु मज्जैले कम्मर मर्काइरहेका थिए भने तिनै मर्कने कम्बरका माइती हत्केलाहरु मस्तीले ताली बजाई रहेका थिए । यो क्रम लगभग रातको एक बजे त्यो पनि लोडसेडिङका कारण बत्ति गएपछी मात्र थान्को लाग्यो । लाउडस्पिकरहरु सान्त भए पनि नारी स्वरहरु भने चर्की रहेकै थिए “सुवह होने नदे साम होने नदे एकदुसरेको हम सोने नदे… ।” तीजका बर्तालुहरुले गाउने गरेको यो हिन्दी गीतले कुन देवतालाई कस्तो कामना गरिरहेको थियो मेरो बोधो दिमागले पटक्कै बुझन सकिरहेको थिइन । समयानुकूल परिवर्तन भइरहेको संस्कार संस्कृति सिरानी हाल्दै म ढल्किन्छु । बिहानै नातिनीले ढोका ढकढकाएको आवाजले निन्द्र टुट्छ । बेलुकाको अनिदोले शरीर एकतमासको भएको महसुस हुन्छ, अल्छि गर्दै ढोका खोल्छु । नतिनी हत्तारिदै भन्दैथिई किकि(बाजे) तल कोठामा बस्ने बुढीबोजुको छोरा त हिजो साउदिमा एक्सिडेन्ट भएर मर्नुभो रे, तल सबैजना रुदैहुनुहुन्छ । म स्तभ्द एक्कासी सोफामा थचक्क बस्न पुग्छु ।

काठमाण्डौ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *