असोज १०, काठमाण्डेोँ ।
जैमली साहित्य पुरस्कार कथाकार घनश्याम शर्माको ‘छिरिङ डोल्मा र अनाम सहिदहरू’ लाई प्रदान गरिने भएको छ ।
यस्तै जैमली डायस्पोरा साहित्य पुरस्कार निवन्धकार केदार सङ्केतद्वारा सम्पादित ‘यात्रा स्पर्श’ लाई प्रदान गर्ने निर्णय गरिएको हरिप्रसाद पौड्याल स्मृति प्रतिष्ठानले जनाएको छ ।
हरिप्रसाद पौड्याल स्मृति कोषद्वारा कथाकार शिवप्रकाशको कथा कृति “जैमली” को नाममा स्थापित जैमली साहित्य पुरस्कारको राशी १५ हजार र र जैमली डायस्पोरा पुरस्कारको राशी १० हजार छ । घरदेश र परदेशका स्रष्टाहरुका विभिन्न विधाका तीन दर्जन कृति मध्येबाट पुरस्कार चयन कमिटीले यी दुई कतिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
दुवै पुरस्कार काठमाडौंमा विशेष कार्यक्रम गरी प्रदान गरिने बताइएको छ ।
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *