सके तिमी
देशभित्र बस
नसके
देश बाहिर
जे भन तिमी
देश त देश नै हो ।

तिमीले बुनेको सपना
तिमीले तुनेको खुशी
र तिम्रो टुक्रा टुक्रा बिस्वास
देशका कोठाहरूमा सजिएका छन्
तिम्रो श्रम र पसिनाको थोपा थोपा
देशका डाडा काडाहरुमा सिचिएका छन् ।

जे भन तिमी
देश त देश नै हो ।

देश तिम्रो बिहान हो
जती टाढा भए नि स्मृती गाढा हुन्छ
देश तिम्रो मुहान हो
नजिक हुदा उमंगहरूको बर्षा गर्छ
देश तिम्रा प्रियजनहरूसितै खिल्खिलाउछ ।

जे भन तिमी
देश त देश नै हो ।

तिमी टाढा हुदैमा
तिमीबाट देश टाढा हुदैन
मनमा छाईरहन्छ
मुटूमा आईरहन्छ
तिमी नजिक हुदैमा
देश धेरै हुदैन
आत्मियता संगालिरहन्छ
माया सजाई रहन्छ ।

जे भन तिमी
देश त देश नै हो ।

देश तिम्रो
उकालिदै गरेको प्राप्ती
देश तिम्रो
उन्मुक्त उर्बर माटो
देश तिम्रो
अखण्ड सपना र ओत ।

देश बिना
तिम्रो अस्तित्व नै छैन ।

सके तिमी
देशभित्र बस
नसके
देश बाहिर
जे भन तिमी
देश त देश नै हो ।

दमक, झापा
हाल : अबुधाबी, यू ए इ ।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *