-जीरन जार राई “संकल्प थुलुङ”

मुटुको टुक्रो
भएर धड्किन्छन् ति
आफ्ना सन्तान । 

 

जीवन भरी
अमृत झैँ पवित्र
आमाको माया । 

 

संसार बाँध्ने
त्यो आस्थाको बन्धन
बाबा र आमा । 

 

कर्तब्य बुझी
बहेको जीवनमा
खुशी नै खुशी । 

 

झुल्किन्छन् सधैं
त्यो गोधली साँझमा
बितेका याद । 

 

देखेको स्वप्ना
भोगेको जिन्दगानी
आगो र पानी । 

 

कर्तब्य भित्र
जीवनको रफ्तार
दु:ख र सुख । 

 

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *