नमाग मसित रहेको दुखेको मन नमाग मसित टास्सिएर रहेको गरिबी नमाग राम्रेरी पट्याउन खोज्दाखेरि उद्रिएको मेरो माया र कहिल्यै नपलाउला कि जसरि ठुटे भै सकेको मेरो बैश . माग्नु त मैले पर्ने हो तर म माग्दिन तिम्रो चुल बुले बैश माग्दिन म तिम्रो लोभलाग्दो नागबेली केशरासी माग्दिन म तिम्रो बदामीओठ र स्याउ झैँ राता राता गाला माग्दिन म तिम्रो झरनाभन्दा कन्चन स्निग्ध शरीर यौटा शर्त मान्न मन्जुर छ भने तिमीलाई कुनै पनि सम्झौतामा नबाधिने मेरो मन एक पल्ट तिम्रो नाममा लिखितानम गर्न चाहन्छु त्यहा भेदभावको कुनै तरंग पैदा हुनु हुने छैन त्यहा अग्लो होचोको कुनै ज्वारभाटा आउनु हुने छैन तिमीले स्वीकार्यौ भने म तिम्रै हुनेछु तिमीले साथ दियौ भने म तिमीसितै हुने छु तिमीले अनुमोदन गर्यौ भने म त्यहि हुनेछु तिमीले आफ्नो ठान्यौ भने म तिम्रो लागि हुनेछु अब म कहिल्यै भन्ने छैन नमाग मसित रहेको दुखेको मन नमाग मसित टास्सिएर रहेको गरिबी नमाग राम्रेरी पट्याउन खोज्दाखेरी उद्रिएको मेरो माया र कहिल्यै नपलाउला जसरी ठुटे भै सकेको मेरो बैश . अस्तु : विवेक दुलाल क्षेत्री "दमक " (बास्तबिक नाम : भानुभक्त दुलाल ) दमक ,झापा हाल :अबुधाबी , यु ए इ .
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar