किन होला मष्तिष्क नै थाकेको छ आजभोलि 
सन्तापले भित्र भित्रै पाकेको छ आजभोलि

 अनगिन्ति सम्झनालाई दवाउँदै सुत्दा पनि 
कसले कसले सपनीमा डाकेको छ आजभोलि

 बनाउँदै सबै कुरा प्रतिकूल र उल्टो मात्रै 
समयले खाडलमा जाकेको छ आजभोलि 

तुवालो र कुहिरो झैँ फैलिएर आकांक्षालाई
कालो कालो बादलुले ढाकेको छ आजभोलि

डर र त्रासले सताउँदै रात  दिन सधैँ भरि 
नियतिले तीखो वाण ताकेको छ आजभोलि

जिन्दगीको अवसान अशान्तिले नहोस भन्दै 
हृदयले देवी देवता भाकेको छ आजभोलि

कोमल भट्ट 
पुरानो नैकाप,काठमाडौँ 
हाल:-न्युयोर्क,अमेरिका 
22 December,2012
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *