प्राय:जसो अफिसमा कमाएको कुरा हुन्छ 
डिस्को नाच र रेस्टुराँमा रमाएको कुरा हुन्छ

तोकिएका जिम्मेवारी,काम काज भन्दा पनि
 दिनभरिमा कसले कति थमाएको कुरा हुन्छ 

चाडपर्व र उत्सव आँउदा महँगा र राम्राराम्रा 
लोभै लाग्ने उपहारलाई समाएको कुरा हुन्छ 

साइत पार्दै निस्केको र प्रखर बुद्धि भएर नै 
मोटा मोटा ग्राहक मात्रै ठमाएको कुरा हुन्छ 

ठूला ठूला पाँचतारेको क्यासिनो र बारमा पसी 
जुवा तासका खालहरू जमाएको कुरा हुन्छ 

कोमल भट्ट ,
पुरानो नैकाप काठमाडौँ 
हाल:-न्युयोर्क,अमेरिका
Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *