कुन देवको पूजा गर्न कुन मन्दिर जान्छौ मान्छे
त्तेतीसकोटी देवहरुमा कुन सत्य मान्छौ मान्छे
गीता सार मान्छौ भने अब्यय एक देव साथमा
पण्डीतको झुटो कथामा ढुङ्गाको देव छान्छौ मान्छे
अंग भित्र मन बसेछ, मन भित्रको चेतना हेर
आत्मा रुवाई ढुङ्गा पूजी के को फल खान्छौ मान्छे
मन्दिर धाएर दुःख बिच अशान्ति भै रुन्छ मान्छे
अकर्मलाई कर्म मान्दै असत्य बाटो धान्छौ मान्छे
एकै ईश्वर तिमी भित्र सुखशान्ति यो आत्म दिन्छ
पूजारीको चक्रब्यूहमा झुटा देव चाहान्छौ मान्छे
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar